क्यानडा पठाइदिने भन्दै रु ४० लाख ठगी गर्ने पक्राउ « Khabarhub

क्यानडा पठाइदिने भन्दै रु ४० लाख ठगी गर्ने पक्राउ


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । वैदेशिक रोजगारका लागि क्यानाडा पठाई दिने भन्दै रु ४० लाख ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ बँेसीगाउँ बस्ने ४१ वर्षीय सुदेश सुनुवार मुखिया रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए।

उनले भने, “बेरोजगार युवायुवतिलाई बैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पीडितबाट रु ४० लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएकामा पीडितमध्येका एकजना लेखनाथ भुर्तेलले जाहेरी दिई अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निज सुदेश सुनुवार मुखियालाई काठमाडौँ बौद्धबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।”

मुखियालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको सूचना अधिकारी पोखरेलले बताए । यसैगरी, उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न कम्पनीका मोबाइलहरु राजस्व÷भन्सार छली चोरी–पैठारी गरी ल्याई बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा राजस्व छलीका मोबाइलसहित एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–२ घरभई हाल ललितपुर महानगरपालिका–८ बालकुमारी बस्ने २२ वर्षीय सरोज योञ्जन रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।

उनका अनुसार ललितपुरको बालकुमारी एरियामा विभिन्न कम्पनीका मोबाइल राजस्व/भन्सार छली चोरी–पैठारी गरी ल्याई बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लको टोलीले निज योञ्जनले सञ्चालन गरेको ट्रेन्डिङ मोबाइल हबबाट राजस्व छलीका रु १५ लाख मूल्यका ३५ थान मोबाइलसहित निजलाई पक्राउ गरेको हो ।

उक्त कार्यमा संलग्न रहेका योञ्जनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुरमा पठाइएको सूचना अधिकारी पोखरेलले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ६ : ५१ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या