अजय देवगनका कारण अविवाहित भइन् तब्बु « Khabarhub

अजय देवगनका कारण अविवाहित भइन् तब्बु


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

मुम्बई । चलचित्र क्रु २९ मार्चमा हलमा रिलिज भएको थियो । यस फिल्ममा करिना कपुर, तब्बु र कृति सेनन एयर होस्टेसको भूमिकामा छन् । पुरै फिल्म यी तीनको वरिपरि घुमेको छ । फिल्मले पहिलो दिन विश्वभर बक्स अफिसमा करिब २० करोडको कलेक्सन गरेको छ ।

योसँगै अभिनेत्री तब्बुको कामको पनि निकै तारिफ भइरहेको छ । तब्बु करिना र कृति दुवैभन्दा जेठो भए पनि उनी कुमारी हुन् । यसबारे अभिनेत्रीले धेरै वर्षअघि केही भनेकी थिइन् ।

केही वर्षअघि तब्बु अजय देवगनसँग ‘द कपिल शर्मा शो’ मा आएकी थिइन् । त्यही क्रममा कपिलले उनीसँग बिहे नगर्नुको कारण सोध्दा अभिनेत्रीले यसको पछाडिको रोचक कथा सुनाइन् । यो कथा अजय देवगनसँग सम्बन्धित छ किनभने तब्बु र अजय कलेजका साथी हुन् । उनीहरुले सँगै धेरै फिल्म पनि गरेका छन्, जुन सफल पनि भएका छन् ।

जब कपिल शर्माले तब्बुलाई सोधे, ‘तिमी यति सुन्दर र प्रतिभाशाली छौ, तब तिम्रो जीवनमा अहिलेसम्म किन कोही आएन ? किन बिहे नगरेको ? यो कुरामा तब्बुले अजय देवगनतर्फ औंल्याएर भनिन्, ‘उसलाई सोध ।’

अभिनेत्रीले थप भनिन्, ‘जब कुनै केटा मलाई कलेजमा प्रपोज गर्न आउँथ्यो, अजयले उसलाई म तिम्रो लायक छैन भनी भगाउँथे । त्यसपछि समय बित्दै जाँदा बिहे गर्ने सोचको अन्त्य भयो ।’तर, अभिनेत्रीले हाँस्दै यसो भनिन् । मिडिया रिपोर्टका अनुसार अजय र तब्बुले एकअर्कालाई कहिल्यै डेट गरेनन् किनभने उनीहरू असल साथी बन्न पाउँदा खुसी थिए।

धेरै रिपोर्टमा तब्बु कुनै समय साउथ अभिनेता नागार्जुनसँग प्रेममा थिइन् भन्ने पनि बताउँछन् । तर, अभिनेत्रीले यसबारे खुलेर अझै केही पनि भनेकी छैनन् ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ७ : ०३ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १