कास्की जीप दुर्घटना : दुईको मृत्यु, १० जना घाइते (अपडेट) « Khabarhub

कास्की जीप दुर्घटना : दुईको मृत्यु, १० जना घाइते (अपडेट)


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आज दिउँसो भएको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिका–२३ का ५५ वर्षीय लक्ष्मण सुनार र सोही स्थानका ५२ वर्षीय जयराम सुनारको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।

उनका अनुसार घाइते पाँचजनाको मणिपालमा र पाँचजनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको ग१ज ५५४७ नंको यात्रुवाहक जीप दिउँसो सल्लाघारी भन्ने ठाउँमा घुम्तीबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा घटनास्थलबाट घाइतेको उद्धार गरिएको थियो । घटनास्थल पोखराबाट २९ किमी टाढा पर्दछ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ७ : २८ बजे

अबको जीवन जनता र लोकतन्त्रका लागि समर्पित गर्छु : देउवा

पोखरा – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफ्नो

दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपीएल सम्पन्न

काठमाडौं – चौका र छक्काको वर्षा, अन्तिम समयसम्म कायम जितको

एनपीएल सिजन–३ मा कसले कुन अवार्ड जिते ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि सुदूरपश्चिम

मुन्सेले गरे नेपाली क्रिकेट समर्थकको प्रशंसा, भने– वातावरण जादुमयी छ

काठमाडौं – सुदूरपश्चिम रोयल्सलाई नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो उपाधि

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी रिजन ढकालले जिते ओमोडाको कार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का उत्कृष्ट नेपाली