सनराइजर्सविरुद्ध गुजरात ७ विकेटले विजयी « Khabarhub

सनराइजर्सविरुद्ध गुजरात ७ विकेटले विजयी


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इण्डियन प्रिमियर लिग अन्तर्गत गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा गुजरातले सनराइजर्सलाई ७ विकेटले पराजति गरेको हो ।

सनराइजर्सले दिएको १६३ रनको लक्ष्य पछाएको गुजरातले १९.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । गुजरातको जितमा साइ सुदर्शनले सर्बाधिक ४५ रन बनाएका थिए भने डेभिड मिलरले अविजित ४४, कप्तान शुभमन गिलले ३६, रिद्धिमान शाहले २५ र विजय शंकरले अविजित १४ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउदै १६२ रन बनाएको थियो । सनराइजर्सका लागि अभिषेक शर्मा र अब्दुल समादले सर्बाधिक २९/२९ रन बनाएका थिए । त्यसति शहबाज अहमदले २२, ट्राभिस हेडले १९, मयंक अग्रवालले १६ र एडेन मर्क्रमले १७ रन बनाएका थिए ।

त्यसैगरी गुजरातका बलर मोहित शर्माले सर्बाधिक ३ विकेट लिए भने अज्मतुल्लाह ओमारजाई, उमेश यादव, रसिद खान र नूर अहमदले एक एक विकेट लिएका थिए । यो गुजरातको यस सिजनमा तेस्रो खेलमा दोस्रो जित हो । यो जितपछि ३ खेलमा ४ अंक भएको छ र चौथो स्थानमा रहेको छ । त्यस्तै सनराइजर्सको भने यो तेस्रो खेलमा दोस्रो हार हो ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ७ : ४७ बजे

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र