आइपिएलबाट तीव्र गतिका बलर मयंकको उदय « Khabarhub

आइपिएलबाट तीव्र गतिका बलर मयंकको उदय


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इण्डियन प्रिमियर लिग (आइपिएल) ले हरेक बर्ष भारतमा नयाँ क्रिकेटरलाई अगाडी ल्याउने गर्दछ । अहिले १७औं सिजन जारी रहदा आइपिएलबाट हार्दिक पाण्डेयदेखि पछिल्लो आइपिएलबाट रिंकु सिंहसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा आएका छन् ।

यसैबीच शनिबार लखनउ सुपर जाइन्टबाट खेल्दै दिल्लीका युवा फास्ट बलर मयंक यादव आफ्नो उत्कृष्ट प्रदर्शनका कारण चर्चामा रहेका छन् । मयंकले शनिबारको खेलमा नियमित रूपमा १५० किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिमा बलिङ गरेर सबैलाई चकित पारेका छन् ।

उनले बलिङ शुरु गर्दै मिडियम पेसका बलर भन्दै खेलको कमेन्ट्री गरिरहेका कमेन्टेटरले परिचय गराएका थिए । तर जब उनले बलिङ शुरु गरे , त्यसपछि उनले १५० भन्दा बढी गतिमा बल फाल्न थालेपछि कमेन्टेटरहरु समेत हैरान हुदै माफी मागेर उनको प्रसंशा गर्न शुरु गरेका थिए ।

४ ओभरमा २७ रन दिएर ३ महत्वपूर्ण विकेट लिएका मयंक खेलको प्लेयर अफ द म्याच बनेका थिए । मयंकले फालेका २४ बलमा ९ बल १५० किमी प्रति घण्टाभन्दा बढी गतिमा फालेका थिए । पञ्जाब विरुद्धको आफ्नो अविस्मरणीय प्रदर्शन पछि, २१ वर्षीय फास्ट बलर मयंकले आफु दक्षिण अफ्रिकाका पूर्व तिब्र गतिका बलर डेल स्टेन रहेको बताएका छन् ।

लखनऊ सुपरजायन्ट्सले लिलामीमा अनुबन्ध गरेको दुई वर्षपछि उनले आईपीएलमा डेब्यु गरेका हुन् । मयंकलाई लखनउले केवल २० लाखमा किनेको थियो ।युवा फास्ट बलरलाई लखनउ सुपर जायन्ट्सले आईपीएल २०२२ को लिलामीमा २० लाख रुपैयाँको मामूली शुल्कमा अनुबन्ध गरेको थियो । उनले त्यो सिजन एक खेल पनि खेलेनन् । यसपछि उनी चोटका कारण २०२३ को सिजनबाट बाहिरिए । दिल्लीका यी युवा फास्ट बलरले आईपीएल २०२५ को मेगा लिलामीमा धेरै पैसा पाउने अपेक्षा गरिएको छ ।

आइपिएलमा अहिलेसम्म सबैभन्दा तिब्र गतिको बल फाल्ने रेकर्ड अस्ट्रेलियाका शान टेटको नाममा रहेको छ । उनले १५७.७१ किमी प्रति घण्टाको गतिमा बल फालेका थिए । त्यस्तै लुकी फर्गुसनले १५७.३, भारतका उमरान मालिकले १५७, एनरिक नोर्त्जेले १५६.२ र मयंकले १५५.८ किमी प्रति घण्टाको गतिमा बल फालेका छन् ।

अहिलेका भारतका तिब्र गतिका बलर जसप्रित बुमराहको उच्च गति १५३ किमी प्रति घण्टा रहेको छ भने उनको औसत १४२ किमी प्रति घण्टा गरेको छ । मयंकको पहिलो खेलको प्रदर्शनले भारतले यस आइपिएलबाट नयाँ तिब्र गतिको बलर पाउने निश्चित भएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ७ : ५५ बजे

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क