हारबाट जोगियो लिभरपुल « Khabarhub

हारबाट जोगियो लिभरपुल


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत ब्राइटनलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा लिभरपुलले ब्राइटनमाथि २–१ गोल अन्तरको कमब्याक जित हासिल गरेको हो ।

खेलको दोस्रो मिनेटमा नै गोल खाएको लिभरपुलले कमब्याक गर्दै २ गोल गरेर खेल जितेको छ । लिभरपुलको जितमा खेलको २७औं मिनेटमा लुइस डियाज र ६५औं मिनेटमा मोहमद सलाहले एक एक गोल गरेका थिए ।

यस अघि खेलको दोस्रो मिनेटमा डानी वेलब्याकले गोल गर्दै ब्राइटनलाई शुरुवाती अग्रता दिलाएका थिए । यो जितपछि लिभरपुल लिगको शिर्ष स्थानमा उक्लिएको छ । लिभरपुलको २९ खेलमा ६७ अंक रहेको छ । त्यसैगरी ब्राइटनको २९ खेलमा ४२ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ९ : ०४ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई