हारबाट जोगियो लिभरपुल « Khabarhub

हारबाट जोगियो लिभरपुल


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत ब्राइटनलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा लिभरपुलले ब्राइटनमाथि २–१ गोल अन्तरको कमब्याक जित हासिल गरेको हो ।

खेलको दोस्रो मिनेटमा नै गोल खाएको लिभरपुलले कमब्याक गर्दै २ गोल गरेर खेल जितेको छ । लिभरपुलको जितमा खेलको २७औं मिनेटमा लुइस डियाज र ६५औं मिनेटमा मोहमद सलाहले एक एक गोल गरेका थिए ।

यस अघि खेलको दोस्रो मिनेटमा डानी वेलब्याकले गोल गर्दै ब्राइटनलाई शुरुवाती अग्रता दिलाएका थिए । यो जितपछि लिभरपुल लिगको शिर्ष स्थानमा उक्लिएको छ । लिभरपुलको २९ खेलमा ६७ अंक रहेको छ । त्यसैगरी ब्राइटनको २९ खेलमा ४२ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ९ : ०४ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या