गरिबी नेपाली खेल अधिकारीको बहाना मात्र | Khabarhub Khabarhub

गरिबी नेपाली खेल अधिकारीको बहाना मात्र


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

टोकियो ओलम्पिकमा १० लाख भन्दा कम जनसङ्ख्या भएको फिजीले स्वर्ण पदक थित्यो। त्यसरी स्वर्ण पदक पाउने खेलाडीको सूचीमा लामो समय गृह युद्धमा रुमलिएका देश पनि थिए। युगोश्लाभिया विभाजनको क्रम सन् १९९० बाट सुरु भएको थियो। त्यसपछि सर्विया, मोन्टेनेग्रो, बोस्नीया, हर्ज गोभिना, क्रोएसिया र कोसोभो सबैले कुनै नै कुनै रूपमा विश्व खेलकुदमा आफ्नो छाप छाडेका छन्।

कम जनसङ्ख्या भएका तथा लामो लडाइँ र युद्धको सामना गर्दै केही वर्ष अघि मात्र सार्वभौम भएका देशले ओलम्पिकमा सफलता पाइरहेको समयमा तीन करोड जनसङ्ख्या भएको तथा संसारकै सबै भन्दा प्राचीन मध्येको एक मानव सभ्यता भएको देश नेपाल जहाँको त्यही छ। सहभागितालाई सफलता मान्दै रमाएको छ। यसै क्रमको निरन्तरता सायद पेरिससम्म पनि कायम नै रहने छ।

सन् २०२२ मा विश्व बैङ्कले निकालेको एक डेटा अनुसार नेपालको प्रतिव्यक्ति आय १३३६ अमेरिकी डलर हो। नेपाल भन्दा एकदमै कमजोर बुर्कीना फासोको ८३० अमेरिकी डलर हो।

त्यसै बुर्कीना फासोले १० औं पटक ओलम्पिकमा सहभागिता जनाइ सकेपछि सन् २०२१ मा भएको टोकियो ओलम्पिकमा पहिलो पटक कास्य पदक जितेको थियो। सो कास्य पदक एथलेटिक्समा थियो। ट्रिपल जम्पमा ह्युज फाब्राइस जांगोले बुर्कीना फासोको इतिहासमा पहिलो पटक पदक जितेका थिए।

सन् २०२४ मा सान मारिनोको जनसङ्ख्या ३५ हजार हो। यत्ति जनसङ्ख्या भएको सो देशले गएको ओलम्पिकमा १ रजत र दुई कास्य पदक जितेको थियो। सान मारिनाको जनसङ्ख्या नेपालका धेरै वडा भन्दा पनि साना हुन्।

टोकियो ओलम्पिकमा सो देशले सुटिङमा एक रजत र एक कास्य तथा कुस्तीमा एक कास्य पदक जितेको हो। सो ओलम्पिकमा ५ खेलाडी सहभागी गराएको सो देशले तीन पदक जितेको हो।

यी देश मात्र होइन नेपालसँग धेरै कुराको समानता रहेको सिरियाको कुरा गरौँ। सिरियाको क्षेत्रफल एक लाख ८५ हजार १ सय किलोमिटर छ। सिरियाको प्रतिव्यक्ति आय सन् २०२१ मा ४२१ अमेरिकी डलर थियो।

सिरियाको बारेमा अन्य केही प्रसङ्ग पनि छन्। सिरियामा गृह युद्ध भएको १४ वर्ष भएको छ। सन् २०११ मा बसार असादको राजीनामा माग गर्दै सुरु भएको विरोध प्रदर्शन नै त्यहाँ गृह युद्धमा परिणत भएको हो। यसरी भएको गृह युद्धमा तीन लाख भन्दा बढीको ज्यान गइसकेको छ। त्यसै युद्धका कारण एक करोड ३० लाख त घरबारबिहीन भएका थिए। त्यो देशमा युद्धले यत्ति खराब अवस्था निम्त्याएको छ कि खाद्यान्नका लागि राष्ट्र सङ्घको सहयोग समेत जरुरी भएको छ। त्यहाँ ९० प्रतिशत भन्दा बढी गरिबीको रेखा मुनी बसोबास गरेका छन्।

नयाँ संविधान बनाएर सम्पूर्ण समस्या समाधान गर्ने उद्देश्यका साथ राष्ट्र सङ्घको पहलमा यस वर्ष धेरै पटक वार्ता भइसकेका छन्। असादले तानाशाही शासन चलाए पनि अरब लिगले उनलाई फेरि स्वीकार गरेको छ।

विश्व खेलकुदको इतिहासमा जेम्सलाई महान् खेलाडीको कोटीमा राख्ने गरिन्छ। चार सय मिटर दुरी ४४ सेकेन्ड भन्दा कम समयमा पुरा गर्ने पहिलो गैरअमेरिकी खेलाडीको रूपमा उनले कीर्तिमान कायम गरेका थिए।

विगतमा सिरियालाई सबै क्षेत्रबाट एक्लाउने नीति लिएका अरब देश नै फेरि सिरियासँग साइनो जोड्न तयार भएका छन्। यसरी साइनो जोड्नेमा जोर्डन, संयुक्त अरब इमिरेटेस र बहराइन लगायत छन्। एक दशक अघिको सिरियाको गृह युद्धका कारण अर्थतन्त्र डामाडोल भएको छ। लागू औषध दुर्व्यसन असर बढेको छ।

संसारको खेल इतिहास जान्नेको किरानी जेम्स सुनेकै नाम हो। जेम्स ग्रेनडाका धावक हुन्। सन् २०११ मा १८ वर्षको उमेरमा विश्व च्याम्पियन भएका उनले त्यसको एक वर्षपछि लन्डन ओलम्पिकमा स्वर्ण पदक जितेका थिए। तीनै जेम्सले रियो ओलम्पिकमा रजत पदक जिते।

विश्व खेलकुदको इतिहासमा जेम्सलाई महान् खेलाडीको कोटीमा राख्ने गरिन्छ। चार सय मिटर दुरी ४४ सेकेन्ड भन्दा कम समयमा पुरा गर्ने पहिलो गैरअमेरिकी खेलाडीको रूपमा उनले कीर्तिमान कायम गरेका थिए। टोकियो ओलम्पिकमा पनि उनले पदक जिते। लगातार तीन ओलम्पिकमा पदक जित्ने विरलै खेलाडी मध्यको कीर्तिमान उनले कायम गरेका थिए। यो वर्ष ग्रेनडाको मूल जनसङ्ख्या एक लाख २६ हजार भएको जनाइएको छ। अन्य धेरै क्यारेबीयन देश जस्तै ग्रेनडा पनि क्रिकेट र रक सङ्गीतमा रमाउने गरेको छ। यो सानो टापुको विश्व खेलकुदमा आफ्नै अस्तित्व छ।

धेरै क्यारेबीयन देश जस्तै ग्रेनडा पनि क्रिकेट र रक सङ्गीतमा रमाउने गरेको छ। यो सानो टापुको विश्व खेलकुदमा आफ्नै अस्तित्व छ।

टोकियो ओलम्पिकमा महिला बाधा दौडमा प्युरेटिरिकाको जस्मिन कमचो क्वीनले सनसनी फैलाएकी थिइन्। उनले तत्कालीन समयकी विश्व कीर्तिमान धारी अमेरिकाकी केनी हेरिसनलाई पछि पार्दै स्वर्ण पदक जितेकी थिइन्। यसरी सफलता पाउने क्विन पनि एउटा सानो क्यारेबीयन टापुकी खेलाडी हुन्।

यो टापुको कुल क्षेत्रफल १३ हजार ७ सय ९२ किलोमिटर छ। त्यहाँ मुस्किलले ३२ लाखको हाराहारीको बसोबास छ। यो सानो टापुले आफ्नो विगतको इतिहासमा धेरै पटक आफ्नै अस्तित्व खोज्दै गुमाएको छ। अहिले पनि पूर्ण स्वायत्त र स्वतन्त्र छैन। तथापि यसै टापुको इतिहासका धेरै युद्धसँग सरोकार राख्ने गरिएका छन्। इतिहासले सम्झने स्पेन अमेरिका युद्ध पनि यस टापुसँग सरोकार राख्ने गरिएको छ।

राज्यका सामु आम नागरिकले तिरेको करमा इमान्दार रहने हो भने नेपालका सबै खेल संरचना विघटन गरेर नयाँ संरचनाको सुरुवात गर्ने हिम्मत जरुरी देखिएको छ।

यी केही उदाहरण हुन्। टोकियो ओलम्पिकमा एकदम सानो भूगोल भएकाले पनि आफ्नो अस्तित्व देखाए। गृह युद्ध भइरहेको देशले पनि देखाए। भर्खरै सार्वभौम भएका देशले पनि आफ्नो प्रभाव देखाए।

तीन करोड जनसङ्ख्या भएको तथा प्राचीन सभ्यता बोकेको, सात दशक भन्दा बढी खेलकुदको इतिहास भएको देश नेपाल भने ओलम्पिकको सहभागितामा नै रमाउने गरेको छ। बृहत् अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनका लागि मात्र राज्यको सम्पत्ति सक्ने गरिएको छ। देशको पुरानो सबै संरचना विघटन गर्नुको विकल्प नै नभएको संसारको मानचित्रमा नेपालको उपस्थितिले पुष्टि गरेको छ।

अन्य देशको परिवेशमा नेपालको उपस्थिति र यहाँका खेल अधिकारीले भन्ने गरेको गरिबी एउटा बहाना मात्र भएको र यो असफलताको कारण विकासको दृढ इच्छा नभएको भन्ने प्रस्ट छ। तसर्थ राज्यका सामु आम नागरिकले तिरेको करमा इमान्दार रहने हो भने यी सबै संरचना विघटन गरेर नयाँ संरचनाको सुरुवात गर्ने हिम्मत जरुरी देखिएको छ। स्रोत : ओलम्पिक, भ्वाइस अफ अमेरिका, बिबिसी, वल्डोमिटर, म्याक्रोट्रेन्ड्स

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ८ : ५१ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य