तनहुँको खुदीखोलामा पक्की पुल बन्दै « Khabarhub

तनहुँको खुदीखोलामा पक्की पुल बन्दै


१८ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

दमौली– बन्दीपुर गाउँपालिका–२ भएर बग्ने खुदीखोलामा पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको लगानीमा पुल निर्माण सुरु भएको हो ।

विसं २०८२ भदौ ११ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी काम थालिएको  २५ मिटर लामो पुल सात करोड ४६ लाख १० हजार पाँच सय २० को लागतमा बन्ने पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । 

पुलको बिहीबार शिलान्यास गर्दै गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमानले निर्धारित समयभित्रै काम सम्पन्न गर्न आग्रह गरे । गण्डकी प्रदेश सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै उनले निर्माणको निरन्तर अनुगमन गर्नुपर्नेमा जोड दिए। 

बन्दीपुर गाउँपालिकाका वडाध्यक्ष तिलकबहादुर कुँवरले लामो समयदेखिको वडाबासीको पुल निर्माणको माग पूरा हुन लागेको बताए । 

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ८ : ३७ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन