किसानलाई अनुदानमा ट्रयाक्टर वितरण « Khabarhub

किसानलाई अनुदानमा ट्रयाक्टर वितरण


१८ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्की जिल्लाको मादी गाउँपालिका–१२ का किसानलाई हाते ट्रयाक्टर र जाली वितरण गरिएको छ । मकैबालीको क्षेत्रफल विस्तार तथा उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि उपकरण तथा मेसिनरी वितरण गरिएको हो ।

हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लिपेवायनीद्वारा आयोजित एक कार्यक्रमका बीच कृषि ज्ञान केन्द्र कास्कीले ५० प्रतिशत अनुदानमा सो वडाका सातजना किसानलाई बिहीबार ट्रयाक्टर वितरण गरिएको हो ।

एउटा ट्रयाक्टरको मूल्य रु ५६ हजार परेको जसमा किसानले रु २८ हजार र बाँकी ज्ञान केन्द्रको अनुदान रहेको हिमालय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णचन्द्र बरालले जानकारी दिए। सहकारीमार्फत अघिल्लो वर्ष भगवतीटार, ओझागाउँ र लिपेयानीका किसानलाई पाँचवटा ट्रयाक्टर वितरण गरिएको थियो ।

‘सहकारीले उत्पादन जोड दिँदै आएको छ’, अध्यक्ष बरालले भने । खाद्य उत्पादन, मौसमी तथा बेमौसमी तरकारीखेती पशुपालनमा किसानलाई प्रेरित गर्दै आएको छ । कतिपय किसानले व्यावसायिक कृषिलाई आफ्नो जीविकोपार्जनको आधार बनाउँदै आएका छन् ।

कार्यक्रममा असिना, हुरीबतासजस्ता प्राकृतिक प्रकोपबाट तरकारी र फलफूल जोगाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट उपलब्ध गराइएको तीन थान एक सय ५० मिटर जाली पनि वितरण गरिएको थियो । जालीमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ । 

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ८ : ५९ बजे

इनम सापकोटा : समाचारप्रति प्रहरीको गम्भिर ध्यानाकर्षण

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानका क्रममा रहेका मुद्दासँग सम्बन्धित समाचार

च्याउखेतीमा भविष्य खोजीरहेका देवराज स्याङ्तान

बनेपा–  बिहानको पाँच बजेसम्म पनौतीको  जनजीवन शान्त देखिन्छ । अधिकांश

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका