शान्ति सैनिक राईलाई मरणोपरान्त राष्ट्रसंघको सम्मान | Khabarhub Khabarhub

शान्ति सैनिक राईलाई मरणोपरान्त राष्ट्रसंघको सम्मान


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसंघीय शान्ति सेनामा खटिनुभएका नेपाली सुरक्षाकर्मी भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गरेका छन् ।

अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका अवसरमा आज संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आयोजित कार्यक्रममा  महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको उक्त पदक संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरे ।

त्यस अवसरमा कर्तव्य निर्वाहका क्रममा दिवंगत भएका राईको साहस, प्रतिबद्धता र बलिदानको चर्चा गर्दै महासचिवले उनी शान्ति स्थापनामा खटिएका सबैका निम्ति प्रेरणाका रूपमा रहिरहने विश्वास व्यक्त गरे । राईको गत अक्टोवर १३ मा कंगोमा निधन भएको हो । 

सन् १९४८ मा इजरायल–अरब युद्धविराम सम्झौता कार्यान्वयनको पर्यवेक्षण गर्न मध्यपूर्वमा सैन्य पर्यवेक्षक परिचालन गर्ने निर्णय भएको दिन ३० मेलाई अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका रूपमा मनाइने गरेको छ ।  

नेपाल राष्ट्रसंघीय शान्ति सेनामा सर्वाधिक सैनिक परिचालन गर्ने मुलुकमध्येको  एक हो । छ हजारभन्दा बढी नेपाली शान्ति सेनामा परिचालन भएका छन् । 

राष्ट्रसङ्घले अबेई, मध्य अफ्रिकी गणतन्त्र कङ्गो, साइप्रस, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इराक, कोसोभो, लेबनान, लिबियामा नेपाली शान्ति सेनालाई खटाउँदै आएको छ । 

पूर्वी सोमालिया, दक्षिण सुडान, पश्चिमी सहारा र यमनमा पनि नेपाली शान्ति सेना तैनाथ छन् । नेपाल सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मीलाई शान्ति सेनाका रूपमा खटाउँदै आएको छ । 

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ९ : ४३ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका