हुरीले उडाएको धारिलो जस्ता जिउमा बज्रँदा एक वृद्धको मृत्यु | Khabarhub Khabarhub

हुरीले उडाएको धारिलो जस्ता जिउमा बज्रँदा एक वृद्धको मृत्यु


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्जहुरीबताससहितको बिहीबारको वर्षाले एक सय सात वर्षीय वृद्धको ज्यान गएको छ ।

विन्ध्वासिनी गाउँपालिका-२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेको ज्यान गएको हो । घरमा बसिरहेका उनी धारिलो जस्ताले लाग्दा गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताए ।  

हुरीका कारणले पर्साको बहुदरमाई गाउँपालिका–७ बहुवनमा रहेको एनसेलको टावर ढलेर एकजना घाइते भएका छन् । घाइते हुनेमा ६० वर्षीय जोगेन्द्र महतो छन् । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भएर अहिले डिस्चार्ज भइसकेका छन् । 

सोही गाउँपालिकामा हुरीबतासका कारण चारवटा बाख्रा पनि मरेका छन् । हुरीबतासले पर्साको प्रहरी बिटका छानोसमेत उडाएको छ । जिल्लामा हुरीका कारणले भएको क्षतिको विवरण संकलन जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ९ : ५९ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार