जनकपुरधाममा ‘श्रमाधान रोजगार मेला’ को तयारी पूरा « Khabarhub

जनकपुरधाममा ‘श्रमाधान रोजगार मेला’ को तयारी पूरा


१८ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गोदार– जनकपुरधाममा ‘श्रमाधान रोजगार मेला’ को तयारी पूरा भएको आयोजकले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवं मेलाका मधेस प्रदेश संयोजक दीपेन्द्र पौडेलले यही जेठ १९ र २० गते हुने मेलाको तयारी पूरा भएको जानकारी दिए । 

उनका अनुसार मेलामा रोजगारीसहितका स्टल रहने छन् । कामको खोजीमा रहेका युवाहरूको अन्तर्वार्ता रोजगारदाताले मेलामै लिने र आवश्यक परेको जनशक्तिलाई रोजगारीको अवसर दिनेगरी मेलाको तयारी गरिएको संयोजक पौडेलले बताए । 

मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी तथा विभिन्न सामाजिक संस्थालगायत ३५ भन्दा बढी स्टल रहनेछन् । श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, कल सेन्टर, सुरक्षित आप्रवासन सामी, रेमी श्रमाधानलगायत सरकारी स्टल रहनेछन् । 

कामको खोजीमा रहेका युवालाई लक्षित गर्दै सीपसँग सम्बन्धित तथा रोजगारीमा जोड्ने रोजगार परामर्श स्टल तथा विभिन्न नेटवर्किङ सत्र, स्थानीय सांस्कृतिक प्रस्तुतिलगायत कार्यक्रम पनि राखिएका आयोजकले जनाएको छ । 

मेलाको उद्घाटन जेठ १९ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम रहेको छ । सरकारले सातै प्रदेशमा आयोजना गरेको मेलाअन्तर्गत मधेस प्रदेशको मेला जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा हुने भएको हो । 

मेलाले  रोजगारीका चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सरकारी निकाय, निजी क्षेत्रका रोजगारदाता र नागरिक समाजका संस्थाहरूबीच साझेदारीलाई बढावा दिने विश्वास लिइएको छ ।

साथै रोजगारी सिर्जना, उद्योगहरूको प्रर्वद्धन गर्ने र रोजगार बजार विस्तार गरेर नेपालको समग्र आर्थिक विकासमा योगदान पुर्‍याउने मेलाको उद्देश्य रहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  १२ : १२ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको