सरकार सर्वसत्तावादको बाटोमा लाग्यो : डिला संग्रौला « Khabarhub

सरकार सर्वसत्तावादको बाटोमा लाग्यो : डिला संग्रौला


१८ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले सरकार सर्वसत्तावादको बाटोमा लागेको आरोप लगाएकी छन् । 

कांग्रेस बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्बोधन गर्दै उनले सरकार सर्वसत्तावादको बाटोमा लागेको आरोप लगाएकी हुन् । 

कांग्रेस केन्द्रीय सदस्य संग्रौलाले अहिले संघीयता बलियो बनाउने र नबनाउनेका बीच संघर्ष देखिएको पनि बताइन् ।    

‘आजको लडाइ संघीयतालाई बलियो बनाउने कि नबनाउने भन्ने बीच छ । बलियो बनाउने पक्षमा कांग्रेस उभिएको छ । अन्य दललाई पनि हामीले सहकार्य गरेका छौँं,’ उनले भने, ‘नबनाउने पक्षमा सर्वसत्तावादको बाटोमा विधि, ऐन र कानुन मिच्ने बाटोमा अहिलेको सरकार लागेको छ ।’ 

संग्रौलाले मुलुकमा समृद्धि र विकास दिने संघीय लोकतान्त्रिक गणतन्त्रलाई विकसित र संस्थागत गर्दै लैजाने पद्धतिमा कांग्रेस उभिएको बताइन् ।
उनले कांग्रेसले निर्वाचन जितेका स्थानीय तहमा जनताका सवाल र जनजिविकालाई जोड्नु पर्नेमा जोड दिइन् ।  

‘हामी प्रदेश र संघमा प्रतिपक्षमा छौँ । जहाँ स्थानीय तहमा जित्नुभएको छ त्यहाँ जनताका सवाल जनजिविकालाई जोड्नै पर्छ,’ संग्रौलाले भनिन्, ‘त्यो अबको आवश्यकता हो ।’

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  १२ : ३१ बजे

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय