यमनमा अमेरिका र बेलायतको संयुक्त हवाई आक्रमण १४ जनाको मृत्यु « Khabarhub

यमनमा अमेरिका र बेलायतको संयुक्त हवाई आक्रमण १४ जनाको मृत्यु


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

साना–  इरान समर्थित विद्रोहीहरूको समुद्री आक्रमण क्षमतालाई कम गर्ने प्रयासस्वरुप संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा गरेको हवाई आक्रमणमा १४ जनाको मृत्यु भएको हुथी नियन्त्रित सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।

हुथीहरूले नोभेम्बरदेखि गाजा युद्धमा प्यालेष्टिनीहरूलाई समर्थन गर्दै रेड सी र एडनको खाडी वरपर सामान ढुवानी गर्ने (कार्गो) जहाजहरूमा आक्रमण गर्दै आएको थियो ।

एएफपीका पत्रकारहरूले बिहीबारदेखि शुक्रबारसम्म राजधानी साना र बन्दरगाह सहर होडैडामा ठूलो विस्फोटको आवाज सुनेको बताएका छन् ।

हुथी नियन्त्रित अल–मासिराह टेलिभिजन च्यानलले ताइज सहरमा दूरसञ्चार पूर्वाधारलाई समेत लक्षित गरेको उक्त आक्रमणमा चौध जनाको जनाको मृत्यु हुनका साथै तीस जनाभन्दा बढी घाइते भएको बताएको छ ।

रेड सी र एडनको खाडीमा अन्तर्राष्ट्रिय ढुवानीमा आक्रमणहरू जारी राख्ने क्षमतालाई कम गर्न हुथी सैन्य सुविधाविरुद्ध अमेरिकी सेनासँग संयुक्त हवाई आक्रमण गरेको बेलायती रक्षा मन्त्रालयले बताएको छ ।

युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो सेनाको रक्षा गर्न, आवागमनको स्वतन्त्रता सुनिश्चित गर्न, र अन्तर्राष्ट्रिय पानीलाई अधिक सुरक्षित बनाउन आवश्यक थियो तसर्थ कुल तेह्र वटा हुथी–नियन्त्रित स्थलहरू लक्षित आक्रमण गरिएको हो ।’

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  २ : ५९ बजे

मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतमा विपक्षी दलको प्रदर्शन

नयाँ दिल्ली- मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको

३९ वर्ष पुरानो ज्याकेट अझै फिट, ‘मिस्टर इन्डिया’ को पहिरनमा देखिए अनिल कपूर

काठमाडौं– बलिउडमा समयसँगै कलाकारको रूप फेरिन्छ, फेसन बदलिन्छ र पुराना

कांग्रेस सहमहामन्त्रीमा रामहरिले पाए १२८० मत, पछ्याउँदै अजयबाबु 

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन