थप १० वटा मेडिकल कलेज र दुई अस्पताल स्वास्थ्य बीमा बोर्डद्वारा सेवा सूचीकृत « Khabarhub

थप १० वटा मेडिकल कलेज र दुई अस्पताल स्वास्थ्य बीमा बोर्डद्वारा सेवा सूचीकृत


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले थप १० वटा मेडिकल कलेज र २ वटा आँखाको अस्पताललाई सेवा सूचीकृत गरेको छ ।

आगामी आर्थिक वर्षबाट लागु हुनेगरी उनीहरुलाई बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गरिएको बोर्डका अध्यक्ष डा गुणराज लोहनीले जानकारी दिए ।

बीमा कार्यक्रम सञ्चालन गर्ने पाउने थप मेडिकल कलेजहरुमा सूचीकृत काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल सिनामंगल, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सितापाइला, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी, बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगर, बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरनी रुपन्देही, नेपालगञ्ज मेडिकल कलेज बाँके र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को रहेका छन् ।

यसैगरी दुईवटा आँखा अस्पताल दिव्यज्योति आइ केयर झापा र दृष्टि आइ अस्पताल पोखरा छन् । अहिले बीमा कार्यक्रम पाउने अधिकांस मेडिकल कलेज बीचमा आफैं बाहिरिएका थिए ।

बोर्डले समयमै उक्त रकम भुक्तानी नगरेको भन्दै उनीहरु बाहिरिएका थिए । बीमा कार्यक्रमबाट निस्किएसँगै बिरामीहरु घटेपछि उनीहरुले फेरि लबिङ थालेका थिए ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ४ : २२ बजे

‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा उपार्जुङ चाम्लिङले वर्तमान सरकारले सबै पक्षलाई

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल

जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’

काठमाडौं- जेन-जी आन्दोलनका अभियन्ता रिजन राना मगरले वर्तमान सरकारको कार्यशैलीप्रति

विपद्‍को आशा बनेर चम्किएका पाँच अनुहार : कसैले ज्यान बचाए, कसैले लिए घर बनाउने जिम्मा

काठमाडौं- जब भोटेकोशी र त्रिशूलीको उर्लिँदो भेलले बस्ती बगाउँदै थियो,