थप १० वटा मेडिकल कलेज र दुई अस्पताल स्वास्थ्य बीमा बोर्डद्वारा सेवा सूचीकृत « Khabarhub

थप १० वटा मेडिकल कलेज र दुई अस्पताल स्वास्थ्य बीमा बोर्डद्वारा सेवा सूचीकृत


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले थप १० वटा मेडिकल कलेज र २ वटा आँखाको अस्पताललाई सेवा सूचीकृत गरेको छ ।

आगामी आर्थिक वर्षबाट लागु हुनेगरी उनीहरुलाई बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गरिएको बोर्डका अध्यक्ष डा गुणराज लोहनीले जानकारी दिए ।

बीमा कार्यक्रम सञ्चालन गर्ने पाउने थप मेडिकल कलेजहरुमा सूचीकृत काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल सिनामंगल, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सितापाइला, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी, बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगर, बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरनी रुपन्देही, नेपालगञ्ज मेडिकल कलेज बाँके र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को रहेका छन् ।

यसैगरी दुईवटा आँखा अस्पताल दिव्यज्योति आइ केयर झापा र दृष्टि आइ अस्पताल पोखरा छन् । अहिले बीमा कार्यक्रम पाउने अधिकांस मेडिकल कलेज बीचमा आफैं बाहिरिएका थिए ।

बोर्डले समयमै उक्त रकम भुक्तानी नगरेको भन्दै उनीहरु बाहिरिएका थिए । बीमा कार्यक्रमबाट निस्किएसँगै बिरामीहरु घटेपछि उनीहरुले फेरि लबिङ थालेका थिए ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ४ : २२ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको