प्रचण्ड, ओली र नेपालबीच सिंहदरबारमा वार्ता, देउवासँगको भेटबारे दुई नेताको चासो « Khabarhub

प्रचण्ड, ओली र नेपालबीच सिंहदरबारमा वार्ता, देउवासँगको भेटबारे दुई नेताको चासो


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बुधबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि प्रमुख सत्तारूढ दलका नेताहरू सशंकित भएका छन् ।

देउवाले बूढानीलकण्ठमा बोलाएको प्रतिपक्षी दलको बैठकमा नेपाल पनि मिसिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सशंकित भएका हुन् ।

नेपालको बूढानीलकण्ठ मूभबारे प्रधानमन्त्री दाहालले बिहीबार र शुक्रबार लगातार स्पष्टीकरण दिइरहेका छन् । उनले नेपालसँग आफ्नो संवाद भएको बताउँदै उनी अहिलेको सत्ता सकीकरणबाट दायाँबायाँ नगर्ने कुरामा आफू विश्वस्त रहेको बताइरहेका छन् ।

अहिलेको समीकरण छाडेमा प्रधानमन्त्री बनाइदिने आश्वासन देउवाबाट पाइरहेका नेपालको बूढानीलकण्ठ यात्राले अनेक प्रश्न जन्माइरहेका बेला शुक्रबार तीन सत्तारूढ नेताहरूबीच सिंहदरबारमा वार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली र समाजवादी अध्यक्ष नेपालबीच करिब एक घण्टा संवाद भएको हो ।

उक्त भेटका क्रममा समसामयिक राजनीतिबारे छलफल भएको जानकारी अध्यक्ष ओलीले सञ्चारकर्मीहरूलाई दिएका छन् ।

उनले भेटपछि बाहिरिने क्रममा समसामयिक विषयमा कुराकानी भएको बताउँदै विस्तृत खुलाउन चाहेनन् ।

तर तीन नेताबीचको यस भेटमा बुधबार साँझ समाजवादी अध्यक्ष नेपालले बालकोट पुगेर कांग्रेस सभापति देउवा र अन्य विपक्षी नेतासँग गरेको संवाद मुख्य एजेन्डा बनेको थियो ।

तीन नेताबीचको छलफलमा ओली र दाहालले देउवा र दुई मधेसवादी दलका नेतासँग भएको कुराकानीबारे नेपालसँग जिज्ञासा राखेका छन् ।

अध्यक्ष नेपालनिकट स्रोतका अनुसार यो भेटमा वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाउने, जेठ १५ मा प्रस्तुत बजेटलाई कार्यान्वयन गर्ने र समीकरणलाई तलैसम्म लैजाने विषयमा कुरा भएको छ ।

‘तीन नेताबीचको भेटमा अविश्वास हटाएर देशैभर मिलेर जाने गरी कुरा भएको छ’, नेपालनिकट स्रोतले भन्यो, ‘यसका साथै भेटघाट जारी राख्ने पनि सहमति भएको छ ।’

नेपाल बूढानीलकण्ठ गएपछि ओली र दाहाल दुवै नेपालसँग छलफल गर्ने निर्णय लिएका थिए । त्यहीअनुसार नेपाललाई सामन्य भेटघाट गरौँ भनेर सिंहदरबारमा बोलाइएको थियो ।

स्रोतका अनुसार उक्त भेटका क्रममा दुवै नेताले देउवासँग भएको संवादबारे नेपाललाई सोधेका थिए । नेपालले देउवासँग बूढानीलकण्ठमा भएको भेटमा त्यस्तो गम्भीर कुरा केही नभएको जवाफ दिएका छन् ।

‘हामी अहिले यही समीकरणमा छौँ, बूढानीलकण्ठमा खास गम्भीर कुरा भएन’, नेपालको भनाइ उर्द्धृत् गर्दै स्रोतले भन्यो, ‘देउवाजीले भेटघाट गरौँ, चिया खाऊँ भनेर बोलाएका गएको हो ।’

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ५ : १८ बजे

गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा

काठमाडौं- जेन-जी आन्दोलनमा पानी बाँडेर चर्चामा आएका सुधन गुरुङले आगामी

आयोग निर्वाचनको तीव्र तयारीमा छ : कार्यवाहक आयुक्त भण्डारी

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य

काठमाडौंका ९ सभापतिद्वारा विशेष महाधिवेशन अवैधानिक भन्दै संयुक्त विज्ञप्ति जारी 

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको विरोधमा काठमाडौंका ९ जना

कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक

काठमाडौं– नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले आह्वान गरेको विशेष महाधिवेशनको

स्वास्थ्य बिमा सुधारका लागि सरकार प्रयासरत छ : स्वास्थ्यमन्त्री

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा