एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी « Khabarhub

एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी


१८ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको जनाएको छ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलकाअनुसार असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने छ ।

बोर्डले एसईई परीक्षा माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ अनुसार सञ्चालन गरेको थियो, जसमा १०० पूर्णाङ्क भएको विषय उत्तीर्ण गर्न सैद्धान्तिकतर्फ ३५ अंक ल्याउनुपर्ने छ ।

२०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ६ : ०२ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको