भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो प्रदर्शनी शुरु « Khabarhub

भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो प्रदर्शनी शुरु


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी शुरु भएको छ ।

भरतपुरको चितवन एक्स्पो सेन्टरमा शुरु भएको प्रदर्शनीको भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले उद्घाटन गरेकी हुन् ।

प्रदर्शनीमा नेपाल भारत जर्मन बेल्जीयम नेदरल्याण्ड चीन अमेरिका टर्की मलेसिया सिंगापुर ताइवान इटली इजरायल र बग्लादेशका १ सय ५० भन्दा बढी स्टलहरू रहेका छन् ।

प्रदर्शनीमा आधुनिक प्रविधि गुणस्तरीय औषधी फिड सप्लिमेण्ट डेरी उद्योग पोल्ट्री उद्योग दाना ह्याचरी उद्योग र मासुजन्य उद्योग लगायत सम्पूर्ण पशुपन्छी पालन प्रशोधन र बजारीकरण सम्बन्धी विभिन्न क्षेत्र समेटेर जानकारी लिन सकिने नेपाल पोल्ट्री महासघले जनाएको छ ।

प्रदर्शनी ३ दिन सम्म संचालन हुने छ । उक्त प्रदर्शनीमा पोल्ट्री पाठशाला पनि संचालन गरीएको छ । पाठशालामा विभिन्न देशका पोल्ट्री विज्ञहरूले पोल्ट्रीमा भइरहेको नवीनतम र अत्याधुनिक प्रविधि र यन्त्र बारे जानकारी गराउने छन् ।

उक्त अवसरमा भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले भरतपुरमा आयोजना गरिएको अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनीले भरतपुर भ्रमण बर्षलाई मद्दत पुगेको उल्लेख गर्दै प्रदर्शनीले शिथिल अवस्थामा रहेको व्यापार व्यवसाय चलायमान हुने बताइन्  ।

कार्यक्रममा नेपाल पोल्ट्री महासघका केन्द्रीय अध्यक्ष गुणचन्द्र विष्टले नेपाली पोल्ट्री क्षेत्रको समग्र विकास तथा नवीनतम अत्याधुनिक प्रविधि गरी पोल्ट्रीको ब्यवशायिक विकास गर्ने र आर्थिक क्रियाकलाप चलायमान गराउने उद्देश्यले अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना गरीएको बताए ।

प्रदर्शनी नेपाल पोल्ट्री महासघ र ईण्डीया पोल्ट्री ईक्युप्मेण्ट एशोसियसनको संयुक्त आयोजनामा भएको हो । प्रदर्शनीले पोल्ट्री व्यवसायी र पोल्ट्री व्यवसाय गर्न चाहने किसानहरूलाई अत्याधुनिक प्रविधि बारे जानकारी हुने आयोजकको विश्वास छ ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ६ : ३४ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर