महासंघलाइ मन्त्री शर्माको सुझाव- सहमतिकै आधारमा विवाद समाधान गर्नुहोस्  « Khabarhub

महासंघलाइ मन्त्री शर्माको सुझाव- सहमतिकै आधारमा विवाद समाधान गर्नुहोस् 


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सहमतिकै आधारमा विवाद समाधान गर्न पत्रकार महासंघलाइ सुझाव दिएकी छन्  ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको पाँचौँ स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री शर्माले पत्रकार महासंघ जस्तो संस्थालाई सहमतिकै आधारबाट अघि बढाउँदै संस्थागत ढंगबाट अघि बढाए राम्रो हुने बताइन्  ।

महासंघको चुनावलाई देखिएका विषयहरूलाई हल गर्न आफूले महासंघका नेतृत्वका साथै विभिन्न संगठनका प्रमुखहरूलाई सुझाव दिएको उनले बताइन् ।

मन्त्री शर्माले आमसञ्चार लगाएतका विभिन्न ऐन कानूनहरु निकै पुरानो भएकाले समावेशीका विषय प्राथमिकतामा पर्न नसकेको बताइन् ।

विभिन्न नयाँ ऐन कानूनहरु निर्माण भइरहेको अवस्थामा समावेशीताको विषयलाई उच्च प्राथमिकता दिएर अघि बढाइने उनले बताइन् ।

उनले कानूनले गरेको व्यवस्था अनुसार विभिन्न निकाय तथा संस्थाहरूमा दलित प्रतिनिधित्वका लागि जागरणको आवश्यकता रहेको धारणा राखिन् ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ६ : ४१ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको