अवैध लागूऔषधसहित कञ्चनपुर र पाँचथरबाट तीन जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित कञ्चनपुर र पाँचथरबाट तीन जना पक्राउ


१८ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कञ्चनपुरको भिमदत्त नगरपालिका-१० गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित सोही नगरपालिका-१० बस्ने २५ वर्षीय विक्रम सेरालालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै पाँचथरको फिदिम नगरपालिका-४ गढी बस्ने २३ वर्षीय सरोज पदालुङ लिम्बुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित बिहीबार दिउँसो उनकै घरबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही नगरपालिका-१ बरडाँडा बस्ने २३ वर्षीय चुक्से भन्ने दिल बहादुर राईबाट खरिद गरी ल्याएको भनी खुल्न आएपछि राईको घर तलासी गर्दा थप ८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारी राईलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ७ : २९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र