रैथाने मौरी जोगाउन इच्छाकामनाका किसानलाई आधुनिक घार « Khabarhub

रैथाने मौरी जोगाउन इच्छाकामनाका किसानलाई आधुनिक घार


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

चितवन – यहाँको इच्छाकामना गाउँपालिकामा रैथाने मौरी संरक्षणका लागि स्थानीय किसानलाई मौरीको आधुनिक घार वितरण गरिएको छ । काठको मादले घारमा मौरीपालन गर्दै आएका किसानलाई आधुनिक घार वितरण गरिएको हो ।

गाउँपालिका र सपना भिलेज सोसल इम्प्याक्टले आज संयुक्त रुपमा ४० घरधुरीलाई ८० वटा घार वितरण गरेको छ । इच्छाकामना(२ घुर्केसका २० र सोही वडाकै काउलेका २० घरधुरीलाई पालिकाको ५० प्रतिशत र सपना भिलेजको ५० प्रतिशत लगानीमा मौरी घार वितरण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।

आर्थिक अभावका कारण घार किन्न नसकेका यहाँका किसानले घरको भित्ता, रूखको धोद्रो, काठको मादले घारमा मौरीपालन गर्दै आएका छन् । आधुनिक मौरीपालनमार्फत महको उत्पादन बढाउने र मौरी संरक्षण गर्ने उद्देश्यले मौरी घार उपलब्ध गराएको उनले बताए । घारसँगै मौरीपालनका लागि आवश्यक औजारसमेत प्रदान गरिएको छ । सुपर घारसहित टोपी, पञ्जा, धुँवादानी, आधार चाका प्रदान गरिएको अध्यक्ष गिरीले जानकारी दिए ।

सोही वडाको पर्यटकीयस्थल मायाटारको नजिक रहेका बस्तीहरुमा पर्यापर्यटनको विकासका लागि रैथाने मौरी संरक्षणको काम सुरु गरिएको हो । “मौरीसँगै मौरीको स्रोत संरक्षण गरेर रैथाने मौरी जोगाउनुपर्ने देखियो,” अध्यक्ष गिरीले भने, “व्यावसायिक मौरीपालनका लागि मात्र होइन रैथाने मौरी जोगाउन पनि घार दिएका हौँ ।”

उनका अनुसार मायाटार र आसपासका क्षेत्रमा चरीचरनका लागि चिउरी, लालीगुराँस, टाँकी, पड्के, रुदिलो, किम्बु, चिलाउने जस्ता वनस्पति मौरीपालनको स्रोतको रुपमा रहेको छ । विकट बस्तीमा उत्पादन भएको चिउरीको महको बजार राम्रो छ ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले रैथाने मौरीको संरक्षण, स्थानीय समुदायको जीविकोपार्जन, पर्यापर्यटनको विकासका लागि मौरीको घार प्रदान गरिएको बताए । इच्छाकामनाका गाउँहरु पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको र यहाँ आउने पाहुनाहरुले स्थानीय रैथाने मौरीको मह मन पराउने गरेको उनले बताए ।

घार वितरणपूर्व सपना भिलेजले मौरीपालन गरिरहेका किसानलाई दुईदिने तालिम दिएको थियो । सपना भिलेजले कालिका नगरपालिकाको सिद्धिमा पनि २० घरधुरीलाई चार सय घार मौरी वितरण गरेको जनाएको छ । ४० लाख लगानी गरी नगरपालिकासँगको सहकार्यमा सपना भिलेज सोसल इम्प्याक्टले चेपाङहरुलाई घार वितरण गरिएको हो ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ८ : १६ बजे

ट्रम्पलाई भेट्न सी बुधबार अमेरिका जाने

बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङले यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्योगमन्त्रीको जवाफ- ‘क्विक रेस्पोन्स टिम’ बनाएका छौँ, ग्यास अभाव हट्दै जान्छ

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले ग्यास आपूर्ति

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ । 

ओलीले प्रतिवेदनमै भने : कसैले बेमौसमी बाजा बजाउँदैमा नेतृत्व छाड्दिनँ (पूर्णपाठसहित)

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

एमाले बैठकमा ओलीको सिन्डिकेट : सहभागी नेताहरू भन्छन् ‘यस्तो अवस्था देखेको थिएन’

काठमाडौं- करिब छ महिनापछि बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा