सङ्खुवासभामा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने « Khabarhub

सङ्खुवासभामा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ प्रदेशस्तरीय खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।

जिल्ला ब्याडमिन्टन सङ्घले आज खाँदबारीमा पत्रकार सम्मेलन गरी प्रदेशस्तरीय पुरुष डबल र भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने जानकारी दिएको हो ।

प्रतियोगिता यही असार ६ देखि ८ गतेसम्म हुने जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा प्रथम हुने पुरुष डबलतर्फ रु ६०/६० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३५/३५ हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु १०/१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तैगरी, भेट्रान्सतर्फ रु ५०/५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३०/३० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु सात हजार पाँच सय, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

ब्याडमिन्टन प्रतियोगिता खाँदबारी-१ घिमिरे गाउँस्थित सोमनाथ घिमिरे मेमोरियल इन्डो स्टेडियममा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कोशी प्रदेश, भारत र विभिन्न प्रदेशका टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा करिब रु १० लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ८ : ३५ बजे

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण