सोरुका तत्कालीन प्रशासकीय अधिकृतसहित तीन जनविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

सोरुका तत्कालीन प्रशासकीय अधिकृतसहित तीन जनविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१८ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाको सडक निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायत विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सबइन्जिनियर विक्रम बुढाले सम्झौताबमोजिम काम नहुँदासमेत बिल भुक्तानी गराएको आरोप लगाएको छ । उनीहरुविरुद्ध आयोगले रु १३ लाख ७२ हजार तीन सय ४० बराबरको बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

आयोगले सडक निर्माण समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी र सचिव केवल बुढाविरुद्ध पनि समान बिगो दाबी गरेको छ । गाउँपालिकाका सदस्य एवम् अनुमगन समितिका संयोजक दलवीर सार्की र वडा नं ७ का तत्कालीन वडा अध्यक्ष राजेन्द्र बुमीविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।

कूल तीन सय ४८ दशमलव ४३ घनमिटर ढुङ्गा छापेर सडक निर्माण गर्नुपर्नेमा एक सय १८ दशमलव ९८ घनमिटर मात्रै काम गरेको आयोगले जनाएको छ ।गलत अनुगमन प्रतिवेदन दिन लगाई सोही प्रतिवेदनका आधारमा वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरेको आयोगले जनाएको छ ।

आयोगले आरोपीहरुविरुद्ध बिगोबमोजिम कारबाही माग गर्दै आज मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ९ : १९ बजे

राष्ट्रपति पौडेलबाट दक्षिणकाली मन्दिरमा पूजाअर्चना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली मन्दिरमा

एनपीएल खेल्न काठमाडौँ आइपुगे डेभिड मिलर (तस्बिर)

काठमाडौँ– दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलर एनपीएल खेल्नका लागि आज

भारतका विदेश सचिव मिश्री काठमाडौँमा (तस्बिर)

काठमाडौँ– भारतका विदेश सचिव विक्रम मिश्री दुई दिने भ्रमणका लागि

स्थानीय तहद्वारा जग्गा वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको अधिकांश स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा स्थानीय नागरिक

भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

काठमाडौँ– भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि आज