अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप छ दिन बन्द | Khabarhub Khabarhub

अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप छ दिन बन्द


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

बर्दिया – अत्यधिक गर्मीका कारण यहाँको गुलरिया नगरपालिकाका विद्यालय थप छ दिनका लागि बन्द गर्ने निर्णय भएको छ । यसअघि जेठ १६ देखि १८ गतेसम्म विद्यालय बन्द गरिएको थियो ।

गर्मी कम नभएपछि नगर शिक्षा समितिले थप छ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख सतिश यादवले जानकारी दिए।

वर्षे बिदाबाट कट्टा हुने गरी, विद्यालयको प्रशासनिक कार्य गर्नरगराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द गरिएको शिक्षा शाखा प्रमुख यादवले बताए ।

अत्यधिक गर्मीका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको सङ्ख्या बढेको छ । बिरामीको चापले अस्पतालमा शैय्याको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डन डा सुवास पाण्डेले बताए।

उनका अनुसार गर्मी र तातो हावाका कारण बिरामीको सङ्ख्या दिनप्रति दिन बढिरहेका छन् । गर्मीका कारण लु लागेका, झाडा पखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढेको डा पाण्डेले बताए ।

बालबालिकामा शरीरभरि रातो बिमिरा आउने, बिमिरा पाकेर घाउ बन्ने र सङ्क्रमण हुने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  १० : ३१ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि