भक्तपुरमा पञ्चदान (तस्बिरहरू) « Khabarhub

संस्कृति

भक्तपुरमा पञ्चदान (तस्बिरहरू)


१५ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– पाँच दीपङ्कर बुद्धलाई नगर परिक्रमा गराउँदै भक्तपुरमा पञ्चदान पर्व मनाइएको छ। प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी (पञ्चदान चह्रे) का दिन बौद्ध संस्कृतिअनुसार पञ्चदान पर्व मनाइन्छ ।


पञ्चदान पर्वका दिन भक्तपुर नगरपालिका-९, सूर्यमढीमा पाँच वटा दीपङ्कर बुद्धलाई बिहान भेला गराइ दिनभर नगर परिक्रमा गराउने परम्परा छ। यसअघि नगरका पाँच छुट्टाछुटै स्थामा राखिएका दीपङ्कर बुद्धलाई सूर्यमढी पुर्‍याउने परम्परा छ ।

यसअनुसार बिहानै प्रशन्नशील महाविहार क्वाठण्डौंको मूल दीपङ्कर बुद्ध, चर्तुब्रह्म महाविहार साकोठाको दीपङ्कर बुद्ध, मङ्गलधर्म दीप महाविहार झौरवही पलिखेलको दीपङ्कर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंको दीपङ्कर बुद्ध र बौद्ध समकृत विहार कुथुवही भक्तपुर मिनीबस पार्कको दीपङ्कर बुद्धलाई भक्तपुर-९, सूर्यमढी टोलस्थित डबलीमा बोकेर ल्याइपुयाइएको थियो ।

सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी (थाय्पाजु)द्वारा पञ्चदान प्रारम्भ गरेपछि ती पाँच दीपङ्कर बुद्धलाई नगरका विभिन्न स्थानमा परिक्रमा गराइएको थियो ।

नगर परिक्रमा गराउने क्रममा चोकको ठाउँठाउँमा स्वागत गर्ने, विराजमान गराई पूजा चढाउने, विशेष साङ्गीतिक बाजाको धुनमा नृत्य र स्त्रोत्र पाठ गरी परिक्रमा गर्ने गराउने परम्परा छ ।

नगर परिक्रमा गर्ने पाँच वटा दीपङ्कर बुद्धलाई बिहान सूर्यमढीबाट जेंला, दतात्रय, क्वाठण्डौं, गोल्मढी, सुकलढोका, महालक्ष्मी, भोलाछें, चोछेंबाट सुकुलढोका ल्याइएको थियो । त्यहाँबाट पुनः साकोथा, दरबार स्क्वायर, इँटाछें, भक्तपुर मिनीबस पार्क ल्याइएको थियो ।

पञ्चदानका रूपमा दैनिक उपभोग्य वस्तु दान गर्ने परम्परा छ । धान, चामल, मकै, गेडागुडीलगायतका खाद्यान्न दान गरिन्छ । लोभलालच नराखी केही प्राप्त गर्ने मनशाय नराखी शुद्ध मनले निःस्वार्थ रूपमा दान गर्दा पुण्य प्राप्त हुने विश्वासका साथ हजारौं नगरबासी दानमा सहभागी हुने गरेका छन् ।

तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  ४ : ३२ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही