बाइडेन–मोदी टेलिफोन कुराकानी : भारतले ढाँट्यो कि अमेरिकाले ? « Khabarhub

बाइडेन–मोदी टेलिफोन कुराकानी : भारतले ढाँट्यो कि अमेरिकाले ?


१५ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच गत सोमबार टेलिफोन कुराकानीले नयाँ तनाव निम्त्याएको छ ।

कोटासुधार आन्दोलनबाट सत्तापलट नै भएको बङ्गलादेश मामिलामा कुराकानी भए/नभएबारे दुबै देशले फरक फरक जानकारी दिएका छन् । बाइडेनसँगको टेलिफोन कुराकानीबारे मुख्यतः भारतले जारी गरेको विज्ञप्तिका कारण दिल्लीमा तनाव बढेको हो ।

कोटासुधार आन्दोलनअघि र हाल अमेरिका र भारतसँग बङ्गलादेशको सम्बन्ध ठीक उल्टो भएको छ । स्पष्ट बहुमतसहित प्रधानमन्त्रीमा अध्यावधिक भएकी त्यहाँकी प्रधानमन्त्री शेख हसिना विद्यार्थी आन्दोलनसामू परास्त भइ देश छाडेर साउन २१ गते भारत पुगेकी थिइन् । भारत पुगेकी हसिनाले बंगालको खाडीको सेन्ट मार्टिन टापुमा अमेरिकालाई सेना राख्न नदिँदा आन्दोलन उरालेर आफूलाई सत्ताच्युत गराइएको तर्क दिएकी थिइन् ।

उता, बङ्गलादेशमा विद्यार्थी आन्दोलनपछि गठित अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस भारतलाई रुचाउँदैनन् । बङ्गलादेशमा लोकतन्त्र हनन गर्न भारतले शेख हसिनालाई सघाउने गरेको उनले बताउने गरेका छन् । उनी पश्चिमाप्रति नरम देखिन्छन् ।

यस्तो आन्तरिक र भूराजनीतिक टकरावमा रहेको बङ्गलादेशबारे भारतले बाइडेनसँग कुरा गरेको विज्ञप्ति जारी गरेको थियो । तर, अमेरिकी पक्षबाट जारी विज्ञप्तिमा बङ्गलादेश मामिलामा कुराकानी भएकोबारे कुनै विषय उल्लेख छैन ।

टेलिफोन कुराकानीबारे फरक–फरक व्यहोरा आएपछि भारतले अमेरिकी विज्ञप्तिमा बङ्गलादेशको विषय उल्लेख नहुनुमा जानकारी अभाव भएको तर्क दिएको छ ।

त्यहाँको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले छिमेकी देशमा भएको राजनीतिक उथलपुथलबारे दुई नेताबीच विस्तृतमा कुराकानी भएको दाबी गरे । उनले दुई नेताबीच फोनमा भएको कुराकानीबारे हरेक शब्द नापतौल गरी आपसी सहमतिमा विज्ञप्ति जारी नहुने तर्क गरे ।

बीबीसीका अनुसार मोदीका तर्फबाट जारी विज्ञप्ति ‘बढाइचढाइ गरिएको’ भन्दै भारतमै विरोध भइरहेको छ । केही पक्षले चाहिँ अमेरिकाले भारतका अल्पसङ्ख्यकको मात्रै कुरा गर्ने गरेको, तर बङ्गलादेशका अल्पसङ्ख्यक हिन्दुहरूबारे कुरा गर्न नचाहेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  १२ : ०७ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको