आज २०८१ साल साउन १६ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल साउन १६ गते बुधबारको राशिफल


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन १६ गते बुधबार तदनुसार सन् २०२४ जुलाई ३१ तारिख। साउन कृष्ण पक्षको एकादशी तिथि। कामिका एकादशी व्रत। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : योजना सफल बन्नेछ। विपक्षी साथीको सहयोग मिल्नेछ। समाजिक क्षेत्रमा सम्मान मिल्नेछ। कानुनी समस्या भए न्याय मिल्ने दिन छ। आफ्नो हातले भन्दा आफूले विश्वास गरेको आफन्तबाट लगानी गर्नु राम्रो हुनेछ। परिवारमा भने समस्या हुने देखिन्छ।

वृष : धनस्थानमा चन्द्रमा छन्। यसको सदुपयोग गरे ठुलो सफलता मिल्नेछ। शुद्ध भावले गरेको आम्दानीबाट उन्नति हुनेछ। बौद्धिक व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ। परिवारमा प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : स्वास्थ्य समस्याबाट मुक्त हुने दिन छ। तपाईंको बोलीको प्रभावले समाज अगाडि बढ्नेछ। लगानी गर्ने समय छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिमा झुकाब रहनेछ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको राम्रो साथ मिल्नेछ।

कर्कट : अप्रिय समाचार सुन्नुपर्ने हुनसक्छ। सहयोग गर्ने साथी विपक्षी समूहसँग मिल्ने जोखिम देखिन्छ। लगानी गर्नु भन्दा भएको सम्पत्तिको संरक्षण गर्ने समय छ। परिवारको साथ र सहयोग मिल्नेछ।

सिंह : समय राम्रो छ। तपाईंको प्रतिभाको सम्मान हुनेछ। कार्यालयमा कार्यकुशलताको प्रशंसा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रको रमझमले मन तान्ने योग छ। परिवारसँगको संवादमा सचेत हुनु राम्रो हुन्छ। सानो गल्तीले उग्र रुप लिने खतरा छ।

कन्या : आफ्नै साथीलाई तर्साएर कार्य सफल पार्ने दिन छ। धन, मन र चातुर्यताले गरेको कामबाट शान्ति मिल्नेछ। आर्थिक क्षेत्रमा प्रगति हुनेछ। नयाँ काम र योजना विस्तार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दैनिकी राम्रो छ। धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। कामको शैली सहज बन्नेछ। दक्षिणको लामो यात्रा भने नगर्नु होला। साथीको सहयोग मिल्ने भएकाले लगानी गर्ने हिम्मत गर्नु राम्रो हुनेछ। परिवारको सकारात्मक सहयोग प्राप्त हुनेछ।

वृश्चिक : दिन सामान्य छ। आफूले बोलेको विपरीत अर्थ लगाएर विरोध गर्ने समूह सक्रिय हुनसक्छ। यस्ता व्यक्तिबाट टाढा बस्नु राम्रो होला। प्राविधिक शिक्षाको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : धन आर्जनको स्रोत पत्ता लाग्ने योग छ। तपाईंको कुशलताको प्रशंसा गर्नेहरु बढ्नेछन्। लगानीका स्रोतमध्ये व्यापारमा फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा विद्वानलाई प्रयोग गरेर फाइदा लिन सक्ने दिन छ। परिवारको साथ प्राप्त हुनेछ।

मकर : हरेक ठाउँमा तपाईंको बोली बिक्नेछ। उपयुक्त व्यक्तिसँग उपयुक्त विषय राख्न सक्दा फाइदा हुनेछ। कृषि कर्मबाट फाइदा हुनेछ। व्यापारमा नाफा हुने दिन छ। खल्ती दरिलो नभए ठगले दुःख दिने जोखिम छ।

कुम्भ : शनिको छाया योग छ। जसले गर्दा नकारात्मक सोच बढ्ने जोखिम हुन्छ। धार्मिक कार्यमा सहभागी भए मन शान्त हुनेछ। वर र पिपलको दर्शन गरेमा मात्र पनि धेरै समस्या समाधान हुनेछ। लगानी गर्नु भन्दा भएको संरक्षण गर्नु राम्रो हुन्छ।

मीन : दैनिक सामान्य छ। थोरै बोलेर धेरै काम गर्नुपर्ने दिन छ। हिजोका सहयोगीले आज असहयोग गर्न सक्छन्। बौद्धिक व्यक्तिको सल्लाहमा अगाडि बढ्न सके नयाँ योजना सफल बन्नेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ५ : ०९ बजे

‘विकल्प नै खोजिएको हो भने नेतृत्व र नीति दुवैमा कांग्रेस नयाँ भएर आएको छ’

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यदि कसैले नयाँ पार्टीमा

सुनसरी र झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं– सुनसरीको धरान उपमहानगरपालिका-१० सेवालुङ चोक बस्ने २६ वर्षीय सन्दिप राईसमेत

सङ्खुवासभामा निर्वाचन तयारी तीव्र : आठ मतदानस्थल अति संवेदनशील

किमाथाङ्का– आसन्न निर्वाचन अन्तर्गत यहाँका आठ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएकोे

हंगेरी पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी

ताप्लेजुङ पुगेर प्रधानमन्त्रीले भनिन्- सबै मिलेर निर्वाचनलाई सफल बनाउनुपर्छ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सबै मिलेर आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल