भोजपुरमा बाढीले बगाएर हाइड्रोमा कार्यरत २ जना मजदुर बेपत्ता  | Khabarhub Khabarhub

भोजपुरमा बाढीले बगाएर हाइड्रोमा कार्यरत २ जना मजदुर बेपत्ता 


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.3k
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको साल्पासिलिछो  गाउँपालिकामा इर्खुवा खोलाको बाढीले २ जनालाई बगाएको छ । बाढीले इर्खुवा हाइड्रोमा कार्यरत २ जना कामदारलाई बगाएको भोजपुर जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

राती १ बजेतिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका २ जना कामदार हराएको इन्स्पेक्टर दीपक श्रेष्ठले बताए । बेपत्ता हुनेमा बर्दियाको बारा बर्दिया गाउँपालिका ३ का २६ वर्षीय श्याम कुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू रहेका छन् ।

यस्तै २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ । उनको शरीरमा चोटपटक लागेको प्रहरीले जनाएको छ । अहिले स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ७ : ४४ बजे

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर