मनोहरा र हनुमन्ते दोभान क्षेत्र डुबानमा : विद्यालय र ग्यारेजमा क्षति « Khabarhub

मनोहरा र हनुमन्ते दोभान क्षेत्र डुबानमा : विद्यालय र ग्यारेजमा क्षति


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रातभरको भारी वर्षाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको सीमा छुट्याउने मनोहरा र हनुमन्ते खोलाको दोभान क्षेत्र डुबान भएको छ। बाढीले नदी किनार क्षेत्रका घर, विद्यालय र ग्यारेजमा क्षति पुर्याएको हो।

हनुमन्तेको करिडोर सडक ठप्प भएको छ। बाढीले काठमाडौं महानगरपालिकाको ३४ नम्बर वडा नरेफाँट, भक्तपुर र ललितपुरको महालक्ष्मी नगरपालिकाका ५ को टीकाथली क्षेत्रसमेत डुबान भएको हो। डुबानले लालीगुराँस बाटिका विद्यालयसमेत डुबानमा परेको छ। नरेफाँटमा रहेको विद्यालय मध्यरातमा पुरै डुबानमा परेको हो। विद्यालयको पहिलो तला पुरै जलमग्न भएको छ।

एउटा ग्यारेजमा रहेका स्थानीयले मध्यरातमा बाढी पसेपछि सुतेको ठाउँ छोडेर ज्यान बचाँएको बताएका छन्।

जल तथा मौसम विज्ञान विभागले मोबाइलमा सन्देश पठाउँदै नदी किनारका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ। विभागका अनुसार मनोहरा, हनुमन्तेसँगै गोदावरी खोलाको जलमापन केन्द्र जलसतह खतरा तह पार गरेको छ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ७ : ४७ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने