विपन्न परिवारलाई नगरपालिकाको घर उपहार « Khabarhub

विपन्न परिवारलाई नगरपालिकाको घर उपहार


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

वालिङ– चापाकोट नगरपालिकाले नगर क्षेत्रका विपन्न छ परिवारलाई उपहारस्वरूप घर निर्माण गरिदिएको छ । चापाकोट–१० भुमरीघाटकी माया भट्टराई र सोही पालिका–४ घुर्लीचौरका केशबहादुर दमैको परिवारलगायत विपन्न परिवारलाई ती घर मंगलबार हस्तान्तरण गरिएको हो ।

चापाकोट नगरपालिकाको विपन्न नागरिक आवास पुनःस्थापन कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजन भएको रकमबाट दुईकोठे घर निर्माणपश्चात् हस्तान्तरण गरिएको नगरप्रमुख देवबहादुर खाणले बताए ।

‘घर निर्माण गर्न आफ्नो नामको लालपुर्जा भएको जग्गा उपलब्ध गरायौँ’, केशबहादुरले भने, ‘नगरपालिकाले आर्थिक सहयोग गरेर दुई कोठे घर बनाइदियो र अहिले त्यही नयाँ घरमा बस्न थालेका छौँ ।’

गत आर्थिक वर्षदेखि सुरु भएको ‘विपन्न परिवारसँग नगरप्रमुख’ अभियानलाई निरन्तरता दिँदै घर निर्माण गर्ने तयारीमा रहेको छ । प्रतिघर र दुई लाख ८० हजारका दरले १६ लाख ८० हजारको लागतमा छवटा घर निर्माण गरी हस्तान्तरण गरिएको नगरप्रमुख खाणले बताए ।

नगरपालिकाका वडा नं १ र ७ मा एक-एक घर तथा वडा नं ४ र १० मा दुई-दुई घर निर्माणपश्चात् हस्तान्तरण गरिएको हो । 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ८ : ०१ बजे

कांग्रेस पदाधिकारीहरुको बैठक बस्दै

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीहरूको बैठक आज बस्दै

पासाङले चौँरीगोठमै भेटे विदेशभन्दा राम्रो अवसर

रसुवा- रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

दाङ- दाङमा पछिल्लो समय अण्डा उत्पादन बढ्दै गएको छ ।

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित परिवारका सदस्यको आयआर्जन क्षमता अभिवृद्धि

नेपाल प्रत्यायन केन्द्रको उद्घाटन

काठमाडौँ– सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणका ‘नेपाल प्रत्यायन