खोटाङमा तीनजना साहाराविहीन बालबालिकाको उद्धार « Khabarhub

खोटाङमा तीनजना साहाराविहीन बालबालिकाको उद्धार


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जिल्ला प्रहरी कार्यालयले रावाबेँसी गाउँपालिका–२ खार्पास्थित डाँडागाउँका तीनजना साहाराविहीन दलित बालबालिकाको उद्धार गरेको छ । 

स्थानीय टेकबहादुर नेपालीका १० वर्षीया छोरी मनकुमारी, नौ वर्षीया छोरी भूमिका र सात वर्षीय छोरा माधव नेपालीलाई प्रहरीले उद्धार गरेको हो । 

उद्धार गरिएका साहाराविहीन ती बालबालिकालाई विराटनगरस्थित बालसेवा आश्रम पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

‘टेकबहादुर यही साउन ६ गतेदेखि जबर्जस्ती करणी मुद्दाको अनुसन्धानको क्रममा प्रहरी हिरासतमा छन् । उनकी २२ वर्षीया श्रीमती निर्मलाको २०८० फागुन २२ गते निधन भएको जानकारी प्राप्त भएको छ’, उनले भने, ‘घरमा बुबाआमा दुवै नभएपछि सहारासाविहीन उनीहरूको उद्धार गरिएको हो ।’

प्रहरीले यसअघि दिक्तेल बजारमा कष्टपूर्ण जीवन बिताइरहेका दुईजना सडक मानवको उद्धार गरेको थियो । उद्धार गरिएका उनीहरु अहिले सोही आश्रममा जीवनयापन गरिरहेका छन् । 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ८ : २३ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख