पहिरो खस्दा साँफे-मार्तडी सडक अवरुद्ध « Khabarhub

पहिरो खस्दा साँफे-मार्तडी सडक अवरुद्ध


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बाजुरा– लगातारको वर्षाका कारण पहिरो खस्दा साँफे-मार्तडी सडक अवरुद्ध भएको छ । बडीमालिका नगरपालिका–६ नुनेपानीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्रसिंह कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । साँफेस्थित सडक डिभिजन कार्यालयबाट उपकरणसहितको टोली पहिरो खसेको स्थानमा पुगेको छ । 

एक महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक भने अझै बन्द छ । उक्त सडकमा पर्ने बाउली र अनाइ खोलामा पानीको  सतह निरन्तर बढेको तथा बडिमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

यो सडक खुलाउन प्रयास भए तापनि लगातारको वर्षाका कारण सम्भव नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ९ : १२ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या