हरेक वर्ष डुबानमा पर्छ एमाले मुख्यालय (तस्बिरहरू) « Khabarhub

हरेक वर्ष डुबानमा पर्छ एमाले मुख्यालय (तस्बिरहरू)


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय र च्यासल फुटबल ग्राउन्ड मनोहरा खोलाको बाढीका कारण हरेक वर्ष डुबानमा पर्ने गरेका छन् ।

बालकुमारीतर्फबाट क्रमश: होचिएको भूगोलमा रहेको एमाले मुख्यालय र च्यासल मैदानमा मंगलबार रातभर पानी परेपछि आएको बाढी पस्यो ।

करिडोर सडकसमेत नाघेर उक्लिएको मनोहराको बाढी एमाले मुख्यालयको ग्राउन्ड हुँदै मुख्य भवनको बैठकस्थलसम्म पस्यो ।

बाढीका कारण एमाले कार्यालयमा क्षतिसमते भएको छ । एमाले मुख्यालयसँगै रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको मूख्य गेट पनि बाढीले भत्काएको थियो ।

मंगलबार सबैभन्दा ठूलो बाढी हनुमन्ते खोलामा आएको थियो । लोकन्थली र टीकाथलीस्थित दोभानमा आएर हनुमन्ते खोलाको बाढी मनोहरामा मिसिएपछि विशाल रुप लिएको थियो । त्यसपछि च्यासल दोभानमा मनोहराको बाढी आइपुग्दा सडकसम्मै निस्कियो ।

त्यसले गर्दा च्यासलस्थित खेल मैदान, एमाले कार्यालय, शंखमूल पार्क क्षेत्र पूरै डुबानमा परे । यो क्षेत्रमा नदीसँग जमीनको उचाइ तुलनात्मक रुपमा कम हुँदा पानी सिधै बस्तीमा पुग्ने गरेको छ । एमाले मुख्यालयमा दुई वर्षयता निरन्तर बाढी पस्ने गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १२ : ४२ बजे

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत