हरेक वर्ष डुबानमा पर्छ एमाले मुख्यालय (तस्बिरहरू) | Khabarhub Khabarhub

हरेक वर्ष डुबानमा पर्छ एमाले मुख्यालय (तस्बिरहरू)


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय र च्यासल फुटबल ग्राउन्ड मनोहरा खोलाको बाढीका कारण हरेक वर्ष डुबानमा पर्ने गरेका छन् ।

बालकुमारीतर्फबाट क्रमश: होचिएको भूगोलमा रहेको एमाले मुख्यालय र च्यासल मैदानमा मंगलबार रातभर पानी परेपछि आएको बाढी पस्यो ।

करिडोर सडकसमेत नाघेर उक्लिएको मनोहराको बाढी एमाले मुख्यालयको ग्राउन्ड हुँदै मुख्य भवनको बैठकस्थलसम्म पस्यो ।

बाढीका कारण एमाले कार्यालयमा क्षतिसमते भएको छ । एमाले मुख्यालयसँगै रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको मूख्य गेट पनि बाढीले भत्काएको थियो ।

मंगलबार सबैभन्दा ठूलो बाढी हनुमन्ते खोलामा आएको थियो । लोकन्थली र टीकाथलीस्थित दोभानमा आएर हनुमन्ते खोलाको बाढी मनोहरामा मिसिएपछि विशाल रुप लिएको थियो । त्यसपछि च्यासल दोभानमा मनोहराको बाढी आइपुग्दा सडकसम्मै निस्कियो ।

त्यसले गर्दा च्यासलस्थित खेल मैदान, एमाले कार्यालय, शंखमूल पार्क क्षेत्र पूरै डुबानमा परे । यो क्षेत्रमा नदीसँग जमीनको उचाइ तुलनात्मक रुपमा कम हुँदा पानी सिधै बस्तीमा पुग्ने गरेको छ । एमाले मुख्यालयमा दुई वर्षयता निरन्तर बाढी पस्ने गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १२ : ४२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग