प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु « Khabarhub

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

झापा– इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–७ पालिया का  २८ वर्षीय झकबहादुर खड्का रहेका छन् ।

खड्का चार दिन अघि लागू औषधसहित मेचीनगर–६ बाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इप्रका काँकडभिट्टाको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको थियो ।

मङ्गलबार राति १ः४० बजे स्वास्थ्यमा समस्या आएपछि खड्कालाई उपचारका लागि धुलाबारीस्थित आम्दा अस्पताल पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए ।

खड्काको उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १ : २७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको