जब कार्यक्रम सुरु हुनै लाग्दा प्रधानमन्त्रीले नआउने खबर पठाए « Khabarhub

जब कार्यक्रम सुरु हुनै लाग्दा प्रधानमन्त्रीले नआउने खबर पठाए


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


19.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार दिउँसो सवा २ बजेदेखि सुरु हुने गरी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेल (स्टाफ कलेज) मा एउटा गैरसरकारी संस्थाले कार्यक्रम निर्धारण गरेको थियो । जुन कार्यक्रमका प्रमुख अतिथि थिए प्रधानमन्त्री केपी शर्मा ओली ।

उक्त कार्यक्रममा प्रधानमन्त्री ओली प्रमुख अतिथिका रुपमा सहभागी हुने विवरणसहितको समाचार पनि उनकै सचिवालयले बिहानै पठाइसकेको थियो ।

त्यहीअनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले स्टाफ कलेजमा प्रधानमन्त्रीको स्वागतका लागि विशेष तयारी गरिसकेको थियो । प्रधानमन्त्री आउने भनेर ढुक्क परेका आयोजक संस्थाका सदस्यहरू स्वागतका लागि जम्मा हुँदै थिए ।

इन्सेक अध्यक्ष डा. कुन्दन अर्याल र संस्थापक सुशील प्याकुरेलसहित ओलीलाई स्वागतका लागि तयार भइसकेका थिए । अर्याल ओली यसअघि प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार पनि हुन् ।

तर दिउँसो पौने २ बजे सचिवालयबाट प्रधानमन्त्री उक्त कार्यक्रममा सहभागी हुन नसक्ने खबर पुग्यो । प्रधानमन्त्री जाने भनेर उनको सचिवालयले बिहानै समाचार लेखेर ह्वाट्स एप र म्यासेन्जरतिर पठाइसकेको थियो ।

तर सचिवालयले नै फेरि प्रधानमन्त्री ओली इन्सेकले स्थापना गरेको प्रकाश मानव अधिकार पुरस्कार प्रदान कार्यक्रममा सहभागी नहुने जानकारी पठायो ।

इन्सेकको कार्यक्रममा नगएका ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँग भेटवार्ता गरेका छन् ।

उनले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरे ।

स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक सहयोग उत्प्रेरक हुने पनि बताए ।

इन्सेकले यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार सङ्क्रमणकालीन न्यायका लागि संघर्षरत काभ्रेको नमोबुद्ध नगरपालिका दाप्चाकी ६२ वर्षीया पूर्णिमाया लामालाई दिन लागेको थियो ।

काभ्रेकी पूर्णीमाया लामाका पति अर्जुन लामालाई माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको योजनामा हत्या गरिएको आरोप छ । सापकोटाविरूद्धको मुद्दा अहिले पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।

मानवअधिकारकर्मी तथा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा इन्सेकले उक्त पुरस्कार स्थापना गरेको हो । पुरस्कार ५० हजार रुपैँया राशिको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ३ : ३३ बजे

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश