जब कार्यक्रम सुरु हुनै लाग्दा प्रधानमन्त्रीले नआउने खबर पठाए | Khabarhub Khabarhub

जब कार्यक्रम सुरु हुनै लाग्दा प्रधानमन्त्रीले नआउने खबर पठाए


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


19.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार दिउँसो सवा २ बजेदेखि सुरु हुने गरी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेल (स्टाफ कलेज) मा एउटा गैरसरकारी संस्थाले कार्यक्रम निर्धारण गरेको थियो । जुन कार्यक्रमका प्रमुख अतिथि थिए प्रधानमन्त्री केपी शर्मा ओली ।

उक्त कार्यक्रममा प्रधानमन्त्री ओली प्रमुख अतिथिका रुपमा सहभागी हुने विवरणसहितको समाचार पनि उनकै सचिवालयले बिहानै पठाइसकेको थियो ।

त्यहीअनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले स्टाफ कलेजमा प्रधानमन्त्रीको स्वागतका लागि विशेष तयारी गरिसकेको थियो । प्रधानमन्त्री आउने भनेर ढुक्क परेका आयोजक संस्थाका सदस्यहरू स्वागतका लागि जम्मा हुँदै थिए ।

इन्सेक अध्यक्ष डा. कुन्दन अर्याल र संस्थापक सुशील प्याकुरेलसहित ओलीलाई स्वागतका लागि तयार भइसकेका थिए । अर्याल ओली यसअघि प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार पनि हुन् ।

तर दिउँसो पौने २ बजे सचिवालयबाट प्रधानमन्त्री उक्त कार्यक्रममा सहभागी हुन नसक्ने खबर पुग्यो । प्रधानमन्त्री जाने भनेर उनको सचिवालयले बिहानै समाचार लेखेर ह्वाट्स एप र म्यासेन्जरतिर पठाइसकेको थियो ।

तर सचिवालयले नै फेरि प्रधानमन्त्री ओली इन्सेकले स्थापना गरेको प्रकाश मानव अधिकार पुरस्कार प्रदान कार्यक्रममा सहभागी नहुने जानकारी पठायो ।

इन्सेकको कार्यक्रममा नगएका ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँग भेटवार्ता गरेका छन् ।

उनले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरे ।

स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक सहयोग उत्प्रेरक हुने पनि बताए ।

इन्सेकले यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार सङ्क्रमणकालीन न्यायका लागि संघर्षरत काभ्रेको नमोबुद्ध नगरपालिका दाप्चाकी ६२ वर्षीया पूर्णिमाया लामालाई दिन लागेको थियो ।

काभ्रेकी पूर्णीमाया लामाका पति अर्जुन लामालाई माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको योजनामा हत्या गरिएको आरोप छ । सापकोटाविरूद्धको मुद्दा अहिले पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।

मानवअधिकारकर्मी तथा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा इन्सेकले उक्त पुरस्कार स्थापना गरेको हो । पुरस्कार ५० हजार रुपैँया राशिको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ३ : ३३ बजे

कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको

शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछः मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति

काठमाडौं – क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति