परराष्ट्रमन्त्रीको गुनासो- शेरबहादुर देउवाको श्रीमती भएकैले सबैको तारो बनेँ « Khabarhub

परराष्ट्रमन्त्रीको गुनासो- शेरबहादुर देउवाको श्रीमती भएकैले सबैको तारो बनेँ


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री आरजू राणा देउवाले राहदानी र कन्सुलर विभागको निरीक्षण गरेकी छन् ।   बुधबार त्रिपुरेश्वरस्थीत विभागको कार्यालय पुगेर स्थलगत निरीक्षण गर्दै वस्तुस्थितिका बारेमा जानकारी लिएकी हुन् ।

सो क्रममा उनले कहिबेर सेवाग्राहीसँग कुराकानी गरेकी थिइन् भने कर्मचारीले विभागको सेवाका बारेमा जानकारी गराएका थिए ।  कर्मचारीसँग विभागको सेवा प्रवाहका बारेमा जानकारी लिएपछि मन्त्री राणाले सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न निर्देशन दिएकी थिइन् ।

त्यस्तै उनले सरकारमा निकै अनुभवी पार्टीहरू रहेकाले स्टन्ड गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताइन् ।

मन्त्री राणाले जनताको सेवा प्रवाहमा सरकारको ध्यान केन्द्रित रहेको जिकिर गरिन् । विभागको सेवा प्रवाहलाई सहज गर्न देखिएका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।

फरक प्रसंगमा मन्त्री राणाले आफूमाथि टिकापुर जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरण लगायतमा लगाइएका आरोपहरू निराधार रहेको बताइन् । कांग्रेस सभापति शेरबहादुर देउवाको श्रीमती भएकै कारण आफूलाई विभिन्न आरोप लगाउने गरेको उनले गुनासो गरिन् ।

उनले देउवाको ‘वाइफ’ भएकाले सबैको तारो बनेको भन्दै राक्षसको कथासमेत सुनाइन् ।

उनले नियोजित रूपमा स्टन्ड गर्न विभिन्न प्रकरणमा आफ्नो नाम मुछ्ने काम गरेको समेत बताइन् ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ४ : ४८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी