विद्युतीय व्यापारसम्बन्धी कानून अनिवार्य भइसकेको छ, चाँडो निर्माण गरौँ : मन्त्री भण्डारी « Khabarhub

विद्युतीय व्यापारसम्बन्धी कानून अनिवार्य भइसकेको छ, चाँडो निर्माण गरौँ : मन्त्री भण्डारी


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयकलाई यथाशक्य छिटो अन्तिमरुप दिन अनुरोध गरेका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले विद्युतीय व्यापारसम्बन्धी कानून आवश्यकता मात्र नभएर अनिवार्य भएको भन्दै विधेयकलाई अन्तिम रूप दिन अब ढिलाइ गर्न नहुने धारणा व्यक्त गरे ।

विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा समितिमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँगको छलफलका क्रममा मन्त्री भण्डारीले भने, ‘मन्त्रालयका तर्फबाट आएको प्रस्ताव हुबहु पारित हुनै पर्छ भन्ने छैन, मिहिन ढङ्गबाट दफावार छलफलसहित विद्युतीय व्यवसायलाई सहयोग र सहजीकरण गर्ने गरी समसामयिक र कार्यान्वयनमुखी विधेयक आउनु पर्छ।’

‘यो कानून बनाउन जति ढिला भयो उति नै हाम्रो व्यापार नीति प्रवद्र्धनमा समस्या आउँछ’, मन्त्री भण्डारीले भने, ‘हामीले जति सक्दो चाँडो यो कानुन बनाउन सक्यौँ त्यति नै हाम्रो व्यापार घाटा कम, स्वदेशी उत्पादनमा वृद्धिसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग पुग्ने देखिएकाले यथाशक्य छिटो सर्वसम्मतिबाट विधेयकलाई अन्तिम रूप दिन सबैसँग अनुरोध गर्दछु ।’

सो बैठकमा संशोधनकर्ता मनिष झा, दामोदर पौडेल बैरागी, प्रेम सुवाल र नारायणी शर्माले उक्त विधेयकमाथि राखेको संशोधनमाथि छलफल भएको थियो । संशोधनकर्ता सांसदहरूले विद्युतीय व्यापारमा संलग्न पक्षलाई निरुत्साहित हुने गरी नियन्त्रणमुखी कानून बनाउन नहुने सुझाव दिए ।

संशोधनकर्ता झाले उद्यमशीलता अभ्यास गरिरहेकालाई कैद सजायको व्यवस्था गरेर निरुत्साहित गर्न नहुने बताए। ‘सामान्य नाङ्लो पसल थापेर उद्यमशीलताको अभ्यास गरिरहेकालाई निरुत्साहित नगर्न र सजाय नराखी जरिवाना एवं क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ’, उनले भने ।

अर्का, संशोधनकर्ता सुवालले स्वदेशी पुँजी र उत्पादनको कारोबार बढ्ने गरी कानुन बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘नेपाललाई विदेशी व्यापार गर्ने थलो मात्र नबनाऔँ । यस विद्युतीय व्यापारबाट हाम्रो आफ्नो उत्पादनलाई विश्व बजारमा कसरी चिनाउन सकिन्छ ? त्यसतर्फ पनि ध्यान दिनुपर्‍यो ।’

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ५ : ५० बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको