मनिलाको एसिया सम्मेलनमा उपेन्द्रले भने- विभेदमा पारिएका जनता नै संकटमा हुन्छन् « Khabarhub

मनिलाको एसिया सम्मेलनमा उपेन्द्रले भने- विभेदमा पारिएका जनता नै संकटमा हुन्छन्


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

फिलिपिन्स- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले युद्ध, पर्यावरण र प्राकृतिक विपद् जस्ता विश्वव्यापी संकटको सामना गर्न एसियाली देशबीच साझा नीति र प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।

फिलिपिन्सको राजधानी मनिलामा बुधबार ग्लोबल लीडरको प्यानल सत्रमा बोल्दै अध्यक्ष यादवले एसियाली देशहरूबीच साझा कार्यक्रम, नीति र प्रतिबद्धता नभएसम्म विश्वस्तरका संकटको सामना गर्न नसकिने बताएका हुन्।

सम्मेलनको अन्तिम दिन ग्लोबल लीडर प्यानललाई सम्बोधन गर्दै यादवले भने,- ‘सामाजिक न्याय र मानवअधिकार संरक्षणको हकमा विभेदमा पारिएका जनता नै संकटको भूमरीमा परेका हुन्छन्। त्यसका लागि पनि एसियाली देशबीच साझा कार्यक्रम र नीति जरुरी छ।’

अध्यक्ष यादवले प्रोग्रेसिभ एलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर अ न्यू प्रोग्रेसिभ एरा’ बिषयक कार्यपत्र प्रस्तुत गरी लीडर सम्मेलनलाई सम्बोधन गरेका छन् ।

एसियाली प्रजातान्त्रिक पार्टीहरूको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई २९ तारिखदेखि आयोजित ग्लोबल लीडरको सम्मेलनमा भाग लिन यादव गत असार १३ गते मनिला गएका थिए ।

उक्त सम्मेलनमा एसियाको ४१ देशमा प्रतिनिधि नेताहरू सहभागी थिए । जुलाई २९ देखि सुरु भएको उक्त सम्मेलन आज सम्पन्न भएको छ ।

जनता समाजवादी पार्टी नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटिको सदस्य छ । अध्यक्ष यादव भोलि बिहीबार राति १०.३० बजे मलेसिया एयरलाइन्सको विमानबाट स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ६ : १५ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण