रविले गृहमन्त्रीलाई भने- ‘मिडिया ट्रायल’ गरेर हैरान बनाउँछन्, जोगिएर काम गर्नुस् « Khabarhub

रविले गृहमन्त्रीलाई भने- ‘मिडिया ट्रायल’ गरेर हैरान बनाउँछन्, जोगिएर काम गर्नुस्


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले मन्त्रालयमा बसेर काम गर्दा आफूअनुकुलको मिडिया ट्रयाल हुने गरेको बताएका छन् ।

नियम र प्रक्रियाका आधारका काम गर्दा पनि आफूले विभिन्न आरोप खेप्नु परेको भन्दै उनले सजग भएर अघि बढ्न गृहमन्त्री रमेश लेखकलाई सुझाएका छन् ।

ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक हुने टिप्पणी गरेका छन् ।

बुधवार गृहमन्त्री लेखकसमेत उपस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पूर्व गृहमन्त्री लामिछानेले मिडिया ट्रायल गृह मन्त्रालयका लागि घातक हुने अनुभूति राखे ।

सभापति लामिछानेले मिडिया ट्रायलबाट गृह प्रशासनको मनोबल गिराउने काम हुने भएकाले त्यसतर्फ सचेत भएर काम गर्न पनि गृहमन्त्री लेखकलाई सुझाव दिए ।

उनले वर्तमान सरकारसँग काम गर्नका लागि झन्डै दुईतिहाइ बराबरको तागत भएकाले प्रहरी प्रशासनले साहस गर्दा सबै खालका काम गर्न सकिने अवस्था रहेको बताए ।

सभापति लामिछानेले आफूले गृहमन्त्री रहँदा सुरु गरेको राम्रो कामलाई निरन्तरता दिन लेखकसँग आग्रह गरे ।

‘मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक छ । मन्त्रीज्यू बच्नुहोला । हुनत तपाईंलाई माया गर्नेहरू अलिक बढी छन् । मैले त खरो भएर होला सकिनँ । तपाईं सक्नुहोला । मिडिया ट्रायलबाट यो संगठनलाई जोगाउनुस्,’ लामिछानेले भने, ‘संगठनको एउटा मान्छे आईजी हुने हो । प्रतिष्पर्धी अरुले मिडिया ट्रायल गराएर काम अघि बढाउन नदिन यति धेरै कोसिस हुन्छ कि बिजोग डटकम, कन्तबिजोग डटकम, हरिबिगोज डटकमका न्युजहरू ह्वाटसेपमा पठाउँछन् ।’

उनले छातिभरी फुलीनै फुली भए पनि मिडियाले थुरुरु कमाइदिने बताए । ‘यो प्रहरी संगठनका लागि ठूलो समस्या बनेको छ । अहिले पनि मिडिया ट्रायल भएको छ । पहिला यो गर भनिदिन्छ । माहोल बनाउने काम गर्छ । भएन भने विज्ञको इन्टरभ्यु पनि राखिदिन्छ । पहिला यस्तो देखिन आयो भनिदिन्छ । त्यसपछि यस्तो भयो भने खराब हुन्छ भनिदिन्छ’, उनले भने, ‘त्यसपछि विज्ञको ओपनियन हालिदिन्छ । तेस्रो दिन सम्पादकीय हाल्छ । त्यसरी तपाईंलाई ट्रायल गरिदिन्छ । त्यसले प्रहरी प्रशासनको मनोबल गिराएको छ । प्रहरी सक्षम छ, क्षमतावान छ । अब तपाईंहरूसँग तागत पनि छ, साहस पनि छ ।’

बैठकमा गृहमन्त्रालयका अधिकारीहरूले मनसुनजन्य विपद्को प्रतिकार्यलाई प्रभावकारी बनाइएको र प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीको विकास, घटनापछि उद्धार र राहतका लागि गम्भीर भएर लागेको जनाएका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ६ : ३२ बजे

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको

प्रधानमन्त्री पदको शपथ अगाडि बालेनको ‘जय महाकाली’ : भिडियोमा के छ ?

काठमाडौँ – प्रधानमन्त्री पदको शपथ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज