‘ऊर्जा सुरक्षामा ध्यान नदिँदा मुलुकमा अपेक्षित समृद्धि असम्भव’ | Khabarhub Khabarhub

‘ऊर्जा सुरक्षामा ध्यान नदिँदा मुलुकमा अपेक्षित समृद्धि असम्भव’

नेपालमा ऊर्जा सुरक्षा र एनडीसीको प्रगतिसम्बन्धी नीतिगत संवादमा कसले के भने ?


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा ऊर्जा सुरक्षा र राष्ट्रिय रूपमा निर्धारित योगदान(एनडीसी) को प्रगतिसम्बन्धी नीतिगत संवाद सम्पन्न भएको छ ।

बुधबार आइसेट नेपाल सर्भिसेस र एसिया फाउन्डेसनको संयुक्त आयोजनामा दरबारमार्गस्थित खबरहबको पेभेलियन हलमा नीतिगत संवाद कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले नेपालमा ऊर्जा क्षेत्रको विगतको अवस्था, हालसम्म भएको उपलब्धि, विद्युत् उपयोग, खपत, वैकल्पिक ऊर्जाको सम्भावना, विद्युत् प्रसारण तथा वितरणको अवस्था, देखिएका समस्या र सरकारले सुधार गर्नुपर्ने विषयका आफ्ना जिज्ञासा र सुझाव प्रस्तुत गरेका थिए ।

नीतिगत संवाद कार्यक्रममा आइसेट नेपालका टिम लिडर अजय दीक्षितले नेपालमा ऊर्जाको सुरक्षा र एडीसी प्रगतिका सम्बन्धमा आफ्नो प्रस्तुतीकरण राखेका थिए । उनले पछिल्लो ३० वर्षमा नेपालको ऊर्जा क्षेत्र निकै नै अघि बढेको बताए ।

इन्धन र फ्यूलको उपयोग घटेको र हाइड्रो पावरको उपयोग सोलार र नवीकरणीय ऊर्जालगायतमा बिस्तारै जाने अभ्यास बढिरहेको उनले आफ्नो प्रस्तुतीकरणमा राखे ।

हाल प्रतिव्यक्ति विद्युत् खपत ३८० किलोवाट पुगेको र सोलार ग्रीडको सम्भावना भए नीतिगत रूपमा सरकारले त्यसको प्रवर्द्धन र विकासमा त्यति चासो नदिएको उनको भनाइ छ ।

त्यस्तै, नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम–नेपालमा ऊर्जाको साथ हरित रिकभरी र सशक्तीकरण (आरइइइपी–जीआरइइएन, जीआइजेट) का सिनियर इनर्जी विशेषज्ञ डा. नारायण प्रसाद चौलागाइले ऊर्जा सुरक्षा नगर्ने हो भने मुलुकले अपेक्षा गरेको ऊर्जा समृद्धि सम्भव नहुने बताए ।

आफ्नो प्रस्तुतीकरण राख्दै उनले ऊर्जा सुरक्षाका लागि विद्युत्को भरपर्दो आपूर्ति, उत्पादन, वितरणलगायतका कुरामा ध्यान दिनुपर्ने बताए । व्यक्तिले ऊर्जा खपत बढाउँदैमा मुलुकको आर्थिक विकासको अवस्था राम्रो मान्न नहुने उनको तर्क छ ।

अन्तर्राष्ट्रिय रूपमा नेपालमा प्रतिव्यक्ति विद्युत् उपयोग कम रहेको बताउँदै उनले एक प्रतिवेदनमा एक व्यक्तिका लागि वार्षिक औसत २००० किलोवाट विद्युत् आवश्यक पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वाधार तथा ऊर्जा क्षेत्र हेर्ने सहसचिव मनमाया भट्टराइ पंगेनीले नेपालमा विद्युत् उत्पादनमा मात्रै सरकारले जोड दिइरहँदा उपभोक्ताको गुणस्तरमाथि भने प्रश्न उठ्दै गएको बताइन् ।

उनले बिजुलीको गुणस्तर सुधार्दै महसुल दरमा समयानुकल परिवर्तन गर्नुपर्ने जरुरी रहेको बताइन् । लामो समय बिजुलीको महसुल दर निर्धारण नहुनु र गुणस्तरको बिजुली नपाउने विषयलाई पनि विशेष रूपमा हेर्नुपर्ने उनको तर्क थियो ।


कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर लक्ष्मी झाले सरकारले ऊर्जा क्षेत्रमा योजना बनाएर उत्पादन र प्रसारण तथा वितरणमा जोड दिए पनि हरेक वर्ष बजेट रकम घट्दै गइरहेको बताइन् ।

ऊर्जामार्फत मुलुकलाई समृद्धि बनाउने भनिए पनि त्यसका लागि आवश्यक लगानीका लागि चाहिने बजेट हरेक वर्ष घटिरहेको उनको भनाइ छ । उनले योजना बनाए पनि स्रोत सुनिश्चितता नहुँदा जलविद्युत् आयोजना र प्रसारण तथा वितरण लाइनतर्फको काम अपेक्षित रूपमा अघि बढाउन नसकिएको बताइन् ।

कार्यक्रमको समापन मन्तव्य राख्दै द एसिया फाउन्डेसनका सिनियर जलवायु एक्सन अफिसर रञ्जन भट्टले छलफलमा उठेको विषयवस्तु सकारात्मक र महत्त्वपूर्ण रहेको बताए । आइसेट नेपालका कार्यक्रम कोअर्डिनेटर अनुस्था श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा विभिन्न क्षेत्रका २० जनाको सहभागी थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ७ : ५५ बजे

निजामती सेवा ऐन शीघ्र जारी गर्न माग

भद्रपुर– झापास्थित विभिन्न कार्यालयमा कार्यरत निजामती कर्मचारीले प्रस्तावित सङ्घीय निजामती

बेलायतमा गुञ्जिए डायोस्पोरिक कवि खेरेस, कवितामा मातृभूमि प्रेम र आदिवासी सौन्दर्य

सुनसरी : माटोमा जन्मेरमाटोको टीका लगाएपछिमाटो पनि मुटु हुँदोरहेछमाटो पनि

गैरआवासीय नेपालीलाई राज्यका निकायले चिन्ने नागरिकता दिन माग

काठमाडौं– गैरआवासीय नेपालीहरूले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग

मनकामना धाममा २१६ किलोको घण्टी 

खाँदवारी– सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिकस्थल मनकामना

प्रजातन्त्रवादी चिकित्सक संघको मधेश प्रदेश कार्यकारिणी समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको आधिकारिक चिकित्सक संगठन प्रजातन्त्रवादी चिकित्सक संघ (मधेश