मजदुरले तालाबन्दी गरेपछि गरे सुखीपुर नगरपालिकाको सेवा प्रभावित « Khabarhub

मजदुरले तालाबन्दी गरेपछि गरे सुखीपुर नगरपालिकाको सेवा प्रभावित


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको सुखीपुर नगरपालिकामा स्थानीय मजदुरहरूले ज्याला नपाएको भन्दै छ दिनदेखि तालाबन्दीसहित आन्दोलन गरेपछि सेवा प्रभावित भएको छ ।

नगरपालिकाको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत काम गरेका मजदुरले पारिश्रमिक नपाएको भन्दै कार्यालयको प्रवेशद्वारमा तालाबन्दी गरी धर्नामा बस्दा नगरपालिकाको सम्पूर्ण कामकाज प्रभावित भएको हो ।

दैनिक रु छ सय ६७ का दरले पारिश्रमिक दिने सम्झौताअनुसार तीन महिना काम गरे पनि सोअनुसार आफूहरूले पारिश्रमिक नपाएको सुखीपुर नगरपालिका–६ का मजदुर सैदी सदायले बताउँछन् ।

“हामीलाई पहिला कम गर, सबै पैसा एकैपटक खातामा जान्छ भनियो तर पछि खातामा रकम गइसकेको सूचना पाएपछि बैंकमा गएर हेर्दा तोकिएको एक चौथाइ रकम पनि आएको छैन”, उनले भने ।

सदाय जस्तै सुखीपुर–६ की रेखादेवी राम, वडा नम्बर १० की गनिता मोची र अरहुलिया देवी रामसहित १५ जना श्रमिकले तोकिएको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । तीन महिना काम गर्दा पनि नगरपालिकाले सम्झौताअनुसार रकम नदिएको मजदुरले बताएका छन् ।

नगरपालिकामा गुनासो गर्दा पनि कसैले नसुनेपछि कार्यालयमा ताला लगाउन बाध्य भएको पीडित गनिता मोचीले बताए । उनले आफूहरू श्रम शोषणमा परेको भन्दै सरोकावाला सबैलाई सहयोगका लागि आग्रह गरे ।

त्यसैगरि पीडितहरूले वडा नं ६ र १० को वडा कार्यालयमा पनि ताला बन्दी गरेका छन् । लामो समयदेखि नगरपालिका र वडा कार्यालयमा तालाबन्दी हुँदा सेवा प्रभावित हुँदै गएको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको लागि मजदुरको माग गरिएपछि पठाइएको वडा नम्वर ६ का अध्यक्ष रामेश्वर साहले बताए। “मजदुरलाई पहिला दैनिक ज्यालादारी दिने भनी सहमति गरियो तर अहिले आएर नाप–जाँचको आधारमा रकम दिने भन्दै कर्मचारीहरू पन्छिने गरेका छन्”, उनले भने, “मजदुरले तत्काल तोकिएको सुविधा पाउनुपर्छ । त्यसैगरी कार्यालय सञ्चालनका लागि नेतृत्वले पहल छिटो गर्नुपर्‍यो ।”

नगरपालिकाका सूचना अधिकारी प्रमोदकुमार यादवले मजदुरकोे पारिश्रमिक विवादका कारण तालाबन्दी गरेकाले सेवा प्रभावित भएको बताए। वडा नं १० का अध्यक्ष देवनारायण यादवले आन्दोलनरत मजदुरसँग नगरप्रमुख रामऔतार यादवको सक्रियतामा छलफल भइरहेको चाँडै विवाद समाधान हुने बताए । नगरप्रमुख यादवले पनि मजदुरसँग सहमतिको प्रयास भइरहेको जानकारी दिए।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ९ : १६ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,