मजदुरले तालाबन्दी गरेपछि गरे सुखीपुर नगरपालिकाको सेवा प्रभावित « Khabarhub

मजदुरले तालाबन्दी गरेपछि गरे सुखीपुर नगरपालिकाको सेवा प्रभावित


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको सुखीपुर नगरपालिकामा स्थानीय मजदुरहरूले ज्याला नपाएको भन्दै छ दिनदेखि तालाबन्दीसहित आन्दोलन गरेपछि सेवा प्रभावित भएको छ ।

नगरपालिकाको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत काम गरेका मजदुरले पारिश्रमिक नपाएको भन्दै कार्यालयको प्रवेशद्वारमा तालाबन्दी गरी धर्नामा बस्दा नगरपालिकाको सम्पूर्ण कामकाज प्रभावित भएको हो ।

दैनिक रु छ सय ६७ का दरले पारिश्रमिक दिने सम्झौताअनुसार तीन महिना काम गरे पनि सोअनुसार आफूहरूले पारिश्रमिक नपाएको सुखीपुर नगरपालिका–६ का मजदुर सैदी सदायले बताउँछन् ।

“हामीलाई पहिला कम गर, सबै पैसा एकैपटक खातामा जान्छ भनियो तर पछि खातामा रकम गइसकेको सूचना पाएपछि बैंकमा गएर हेर्दा तोकिएको एक चौथाइ रकम पनि आएको छैन”, उनले भने ।

सदाय जस्तै सुखीपुर–६ की रेखादेवी राम, वडा नम्बर १० की गनिता मोची र अरहुलिया देवी रामसहित १५ जना श्रमिकले तोकिएको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । तीन महिना काम गर्दा पनि नगरपालिकाले सम्झौताअनुसार रकम नदिएको मजदुरले बताएका छन् ।

नगरपालिकामा गुनासो गर्दा पनि कसैले नसुनेपछि कार्यालयमा ताला लगाउन बाध्य भएको पीडित गनिता मोचीले बताए । उनले आफूहरू श्रम शोषणमा परेको भन्दै सरोकावाला सबैलाई सहयोगका लागि आग्रह गरे ।

त्यसैगरि पीडितहरूले वडा नं ६ र १० को वडा कार्यालयमा पनि ताला बन्दी गरेका छन् । लामो समयदेखि नगरपालिका र वडा कार्यालयमा तालाबन्दी हुँदा सेवा प्रभावित हुँदै गएको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको लागि मजदुरको माग गरिएपछि पठाइएको वडा नम्वर ६ का अध्यक्ष रामेश्वर साहले बताए। “मजदुरलाई पहिला दैनिक ज्यालादारी दिने भनी सहमति गरियो तर अहिले आएर नाप–जाँचको आधारमा रकम दिने भन्दै कर्मचारीहरू पन्छिने गरेका छन्”, उनले भने, “मजदुरले तत्काल तोकिएको सुविधा पाउनुपर्छ । त्यसैगरी कार्यालय सञ्चालनका लागि नेतृत्वले पहल छिटो गर्नुपर्‍यो ।”

नगरपालिकाका सूचना अधिकारी प्रमोदकुमार यादवले मजदुरकोे पारिश्रमिक विवादका कारण तालाबन्दी गरेकाले सेवा प्रभावित भएको बताए। वडा नं १० का अध्यक्ष देवनारायण यादवले आन्दोलनरत मजदुरसँग नगरप्रमुख रामऔतार यादवको सक्रियतामा छलफल भइरहेको चाँडै विवाद समाधान हुने बताए । नगरप्रमुख यादवले पनि मजदुरसँग सहमतिको प्रयास भइरहेको जानकारी दिए।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ९ : १६ बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र