पेरिस पारालिम्पिक : नेपालकी पलेशालाई ऐतिहासिक कास्य पदक « Khabarhub

पेरिस पारालिम्पिक : नेपालकी पलेशालाई ऐतिहासिक कास्य पदक


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पेरिस पारालिम्पिक २०२४ मा ऐतिहासिक कास्य पदक जितेकी छिन्।

के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा शुक्रबार भएको प्रतिस्पर्धामा सर्बियाकी मारिजा मिचेभलाई १५–८ ले हराउँदै पलेशाले कास्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन्।

सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०–८ ले पराजित भएकी थिइन् ।

उनले क्वाटरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० को फराकिलो अन्तरमा पराजित गरेकी थिइन् ।

दोस्रो चरणमा पराजित भएका कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गर्दै उनी कास्य नजिक पुगेकी थिइन् ।

गत चैतमा चीनको ताइयानमा भएको पारा ओलम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्ण जितेकी थिइन् । उनी चीनमा भएको १९औँ एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन् ।

नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो । १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । त्यसयता उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् ।

पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी थिइन् ।

यसैगरी सन् २०१९ मा टर्कीमा भएको आठौँ विश्व पारा तेक्वान्दोमा नवौँ स्थान हासिल गरेकी पलेशाले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ७ : १७ बजे

बाढी प्रभावित बालबालिकालाई अनुमति बिना ओसारपसार नगर्न आग्रह

काठमाडौं– राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको

प्रादेशिक अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पताल, धनगढीको

उत्पादन तथा प्रशोधन समूह बाहेक सबैको उपसूचक सकारात्मक

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९.२४ अंकले बढेको छ ।

विपद् व्यवस्थापनमा मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग पाइरहेका छौँ : परराष्ट्र

कामाडौं– परराष्ट्र मन्त्रालयले विपद् व्यवस्थापनमा बिभिन्न मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग

बुधबारदेखि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने निर्णय

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था