देश/प्रदेश

मनाङमा ४.१ रेक्टरस्केलको भूकम्प

By खबरहब

August 31, 2024

काठमाडौं– मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर ४.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।

नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।