कांग्रेस पदाधिकारी बैठक बस्दै, महामन्त्रीद्वयका प्रतिवेदनमा छलफल हुने « Khabarhub

कांग्रेस पदाधिकारी बैठक बस्दै, महामन्त्रीद्वयका प्रतिवेदनमा छलफल हुने


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ ।

बैठकका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुलाई बोलाइएको छ ।

आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल हुनेछ ।

महासमिति बैठकमा राखिएको महामन्त्री थापाको प्रस्तावमा कांग्रेसले निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने र रूखमा भोट हाल्न पाउने ग्यारेन्टी तथा अर्का महामन्त्री शर्माको एक पटक राष्ट्रपति‚ २ पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटकसम्म सांसद बन्न पाउने प्रस्तावमा सभापति देउवाले परिमार्जन चाहेका छन् ।

महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुनेछ ।

सभापति देउवा चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा छन् ।

भोलि बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयको प्रस्तावमा आवश्यक संशोधन गरेर पारित गर्ने सभापति देउवाको योजना छ । तर महामन्त्रीद्वय आफ्नो अडानबाट पछि नहटेपछि आज पदाधिकारी बैठक बोलाइएको हो ।

 

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ८ : ३८ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द