ब्राजिलमा सामाजिक सञ्जाल एक्समा प्रतिबन्ध « Khabarhub

ब्राजिलमा सामाजिक सञ्जाल एक्समा प्रतिबन्ध


१५ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्राजिलले समाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) माथि प्रतिबन्ध लगाएको छ । ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि सरकारले एक्समाथि प्रतिबन्ध लगाएको हो ।

न्यायाधीश एलेक्स्रन्दे दे मोरासले अदालतको आदेश पालना र निर्धारण गरिएको जरिवाना नबुझाउँदासम्मका लागि एक्समाथि तत्काल पूर्ण रुपमा प्रतिबन्ध लगाउन आदेश दिएका थिए ।

ब्राजिलमा एक्समाथि गत अप्रिलबाट नै कडाइ गरिन थालिएको थियो । न्यायाधीशहरूले गलत जानकारी फैलाएको आरोपमा दर्जनौँ एक्स अकाउन्टहरू बन्द गराउन सरकारलाई निर्देशन दिएका थिए ।

अदालतले गत अप्रिलमा दिएको आदेशमा प्रतिक्रिया दिँदै एक्सका मालिक एलन मस्कले भनेका थिए, वाक स्वतन्त्रता लोकतन्त्रको आधार हो । ब्राजिलका न्यायाधीश जनताबाट चुनिएका होइनन् । उनीहरूले राजनीतिक दबाबमा आएर लोकतन्त्र बर्बाद गरिरहेका छन् ।’

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  ११ : २२ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६