भारतद्वारा बङ्गलादेशमा चलेका परियोजना स्थगित « Khabarhub

भारतद्वारा बङ्गलादेशमा चलेका परियोजना स्थगित


१५ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले बङ्गलादेशमा चलेका आफ्ना परियोजनाहरू स्थगित गरेको छ । भारतको विदेश मन्त्रालयले बङ्गलादेशमा चलिरहेका भारतीय परियोजनाबारे बयान दिँदै स्थगित गरिएको जनाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका छन्, ‘बङ्गलादेशमा चलिरहेका हाम्रा परियोजना (प्रोजेक्ट) हरु मौजुदा परिस्थितिका कारण स्थगित गरिएको छ ।’

उनले बङ्गलादेशको वर्तमान अवस्थामा सुधार भएर कानूनी व्यवस्था बहाल भएपछि त्यहाँको सरकारसँग भारतीय परियोजनाहरू कसरी सुरु गर्न सकिन्छ भनेर छलफल गरिने बताए ।

बङ्गलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छाड्नु परेको थियो । हसिनाले देश छाडेपछि बङ्गलादेशमा ठूलो उथल–पुथल हुनुका साथै हिंसा र अल्पसङ्ख्यकहरू माथि आक्रमण हुँदै आएको छ ।

यद्यपि, बङ्गलादेशमा अहिले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ । तर, भारत अहिले पनि बङ्गलादेशको स्थिति स्थिर हुने समयको प्रतीक्षामा रहेको बीबीसी हिन्दीले जनाएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  १२ : २४ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने