शैक्षिक क्षेत्र सुधार्न विद्यार्थी संगठनको योगदान आवश्यक : माधव नेपाल « Khabarhub

शैक्षिक क्षेत्र सुधार्न विद्यार्थी संगठनको योगदान आवश्यक : माधव नेपाल


१५ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शैक्षिक क्षेत्रको सुधारका लागि विद्यार्थी सङ्गठनहरूले पनि योगदान दिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित वृहत शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालले शिक्षा क्षेत्रमा देखिएका बिभिन्न समस्याहरूको समीक्षा गर्दै यस क्षेत्रको सुधारका लागि  विद्यार्थी संगठनहरुले पनि योगदान दिनुपर्ने बताएका हुन् ।

 सरकारी नीतिमा रहेका कमजोरीलाई सुधार गर्नुपर्ने विषयमा विश्वविद्यालय, सरकार लगायतका निकायले विशेष ध्यान दिनुपर्ने उनले बताए । अध्यक्ष नेपालले समयमा नै परीक्षा नहुने र समयमा नै नतिजा निकाल्न नसक्नुको कारण आफूले बुझ्न नपाएको धारणा राखे । समयसीमाप्रति गम्भीर नहुने र अपारदर्शीका विषयमा पनि विद्यार्थी संगठनले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

उनले देशलाई सुन्दर बनाउने र नेपाल राष्ट्रको इज्जत बढाउने काम गर्न विद्यार्थीहरूलाई सुझाव दिए । 

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  १ : ५८ बजे

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण