कांग्रेसले महामन्त्री थापाको प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउने | Khabarhub Khabarhub

कांग्रेसले महामन्त्री थापाको प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउने


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसले केन्द्रीय समितिमा महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई परिमार्जन सहित अघि बढाउने भएको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले थापाको प्रतिवेदनलाई परिमार्जन सहित अघि बढाउने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस मुख्य सचेतक श्यामकुमार घिमिरेले केन्द्रीय समितिमा प्रतिवेदनलाई परिमार्जन गरेर पारित गर्ने सहमति भएको जानकारी दिए ।

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । बैठकअघि दिउसो पुन पदाधिकारी बैठक बसि आवश्यक छलफल गरिने उनले  बताए । केन्द्रीय समिति बैठकबाट आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरि सङ्गठन तयार गर्ने निर्णयसहित अघि बढ्ने घिमिरेले जानकारी दिए ।

महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन भने अहिलेका लागि यथावत राख्ने विषयमा सहमति नजिक पुगिएको नेताहरूले जनाएका छन् ।

शर्माको प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, सांसद लगायतको कार्यकाल तोक्ने गरि संविधान संशोधन हुनुपर्ने उल्लेख छ । केही दिन यता जारी केन्द्रीय समितिको बैठकमा बिभिन्न प्रतिवेदन लगायतका ११ एजेण्डाहरुमाथि छलफल भइरहेको छ । 

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  २ : ५२ बजे

भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण गरिँदै

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको आगम

सेती लोकमार्ग चाँडो सक्न बर्दगोरिया महोत्सव सुरु

कैलाली – कैलालीको बौनियामा आजबाट बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव

दार्चुलामा भूकम्पको धक्का महसुस

काठमाड‌ौं -दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प

धरहराबाट एक महिना ५५ लाख राजस्व सङ्कलन

काठमाडौं – विसं.. २०७२ को भूकम्पले पूर्णरूपमा क्षति भएपछि पुनः

गुरुङ समुदायले ‘तमू ल्होसार’ साताभर मनाउने

काठमाडौं – गुरुङ समुदायले तमू ल्होसार सप्ताहव्यापी रूपमा मनाउने भएका